ट्रेंडिंग:

>> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने

जसले छाडे निर्माणको १ करोड बढी रकम

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

बुटवल, ३१ चैत ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१, हुँगा सिभिल ईन्जीनियर विष्णु प्रसाद भण्डारीले जिल्लामा विकास निर्माणको काम गर्दाको करोड बढी रकम नपाएपछि यत्तीकै छाडेका छन् । जिल्लामा स्थानीय सरका, प्रदेश र संघीय सरकार अन्र्तगत विभिन्न विकास निर्माणको काममा ठेक्का मार्फत काम गरेका उनले भुक्तानी रकम नपाएपछि यत्तीकै छाडेका हुन । करोड बढी रकम छाडेर उनि वैदेशिक यात्रामा लागेका हुन् ।

सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा प्राप्त गरी मुलुकको पूर्वाधार निर्माणमा योगदान पुर्याडउने सपना बोकेका भण्डारी, पछिल्लो समय भने निराशा, अन्याय र असहाय स्थितिले गाँजिएर पुनः वैदेशिक रोजगारीमा जान विवश भएका छन् ।
भण्डारी नेपाली काँग्रेसका क्रियाशील सदस्य हुन । पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताहरूसँग नजिकको सम्बन्ध राख्दै, उनले नीति–निर्मातासम्म आफ्नो पहुँच बनाएका थिए । तर, विडम्बना — आफ्नै पार्टीको सरकार नहुँदा, विपक्षीको प्रभावमा उनको कम्पनीमार्फत भएका थुप्रै निर्माण कार्यहरू अधुरै रहे । कतिपयमा त भुक्तानी समेत रोकिए ।
उनी भन्छन्, “छत्रकोट–२ को वडाकार्यालय हामीले निर्माण गर्यौं, तर वर्षौं बित्दा पनि भुक्तानी हुन सकेन । बाध्य भएर कार्यालयमै तालाबन्दी गर्नुपर्यो, अझ, श्री जनजागृति माविको भवन निर्माणपछि त रु. १५ लाख ५० हजारसम्मको भुक्तानी अहिलेसम्म रोकिएको छ । ’’

त्यतिमात्र होइन, उनका अनुसार अन्य थुप्रै सडक निर्माण आयोजना भुक्तानी पर्खाइमा छन् । नपाएको रकमको कारण, श्रमिक भुक्तानी, सामग्री खर्च तथा व्यक्तिगत लगानीमा समस्या आएपछि गुल्मीमै बसेर पेशा अगाडि बढाउने सपना अधुरो रहन पुग्यो । उनले थपे, “जहाँ म जन्मिएँ, त्यो ठाउँ नै छोड्नु प¥यो र । मेरो अनुभव, लगानी, समर्पण – सबै व्यर्थ जस्तो लाग्यो ।”

२००६ मा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग सकेपछि उनले देश र विदेशमा गरी दुई दशकभन्दा बढी समय सिभिल इन्जिनियरिङ्ग, कन्स्ट्रक्सन सुपरभिजन तथा मेन्टेनेन्सको क्षेत्रमा कार्य गरे। काठमाडौंस्थित देऊराली इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट आफ्नो करियर सुरू गरेका भण्डारीले त्यसपछि कतारको बिल्डीट कन्स्ट्रक्सन र डाइकोटेक डब्लु एलएलमा आवद्ध हुँदै आयल एण्ड ग्यास उद्योगमा समेत उनले काम गरेको अनुभव रहेको छ ।

सन् २०१५ मा नेपाल फर्किएपछि, उनले एकातिर हस्पिटालिटी क्षेत्रमा (दियालो फुडल्याण्ड प्रा.लि. र होटल पौवा प्रा.लि.), अर्कोतर्फ आफ्नै निर्माण कम्पनी “गौतम निर्माण सेवा” मार्फत पूर्वाधार निर्माणमा लागिरहे । तर, यही बेला देखिएको राजनीतिक विभाजन, सत्ताको दुरूपयोग र पक्ष–विपक्षको खेलले उनलाई निराश बनायो । आज उनी रूपन्देहीमा स्थायी बसोबास गर्दै, हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएका छन् । तर, त्यो पनि स्थायीत्वविहीन देखेपछि विदेशिने अन्तिम निर्णय लिएका छन् । आफ्ना छोराहरू कृजल र कृशल, धर्मपत्नी जमुना वञ्जाडे, आमा–बुबा र सम्पूर्ण आफन्त छाडेर विदेश जानु उनको बाध्यता बनेको छ । राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, प्रशासनिक झमेला, तथा न्यून पारिश्रमिकका कारण युवाहरूले मात्र होइन, दुई दशकको अनुभव बोकेका इन्जिनियरहरूले समेत देश छोड्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?