Butwal Today

चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाण्डौ –

हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।

लिग चरणको अन्तिम खेलमा हिजो नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए । समूहमा शीर्ष स्थानमा रहँँदै नेपाल फाइनल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

यसअघि कुवेतले कतारलाई हराएर नेटरनरेटका आधारमा फाइनल पुगेको हो । दोस्रो र तेस्रो स्थानको लागि अहिले घरेलु टोली हङकङ र कतारबीच खेल भइरहेको छ ।