ट्रेंडिंग:

>> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल

गृहिणीको श्रमको सम्मान कहिले ?

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

मौसम परिवर्तनसंगै बटौली बजार तातिदै थियो । मन पनि अलि मौसमसंगै बद्लिदै थियो । खै के गरौ कसो गरौ जस्तो अनौठो अनुभूति । यहि वेचैनी र गर्मीको बहानाले सितल ठाउँ खोज्दै केही समय पहाडको बसाई बस्ने निधो गरेर गुल्मी तिर लागेँ । त्यो यात्रा नयाँ र नौलो चाहिँ थिएन । तर अनुभव चाहिँ केही नयाँ थिए । केही दिन घर भन्दा टाढा आफन्तजन र साथीभाईको घरमा पुगेँ । यस्तै क्रममा सामान्य प्रश्न जस्तै लाग्ने सधैका संवाद बारम्बार सुनिन्थ्यो । के गर्दैछस ? के काम गर्छस ? यि संवाद दोहोरै हुन्थ्ये । नेपालको जुनसुकै कुनामा गएपनि भनौ विश्वभर जहाँ गएपनि यी प्रश्नबाट कोही उम्कन पाउदैन होला सायद । यसैक्रममा मेरो साथीको घरमा पुग्दा यिनै र यस्तै सवाल जवाफमा दिन वित्थ्यो । म साथीको घर पुग्नासाथ साथीको आमाले पानि चिया ल्याउनु भयो । त्यस पछि खाजा खाना । सबै तयारी आमाले नै गर्दै हुनुहुन्थ्यो । घरीघरी वीचमा समय निकालेर हामीसंगै गफिनुहुन्थ्यो आमा पनि । त्यहाँ सधै खाना खाने समय १० बजेको रहेछ । आमाले घरीघरी हामीलाई समय दिँदा साढे ११ बजे छ, त्यो दिन । मेरो साथीका बुवालाई कसैको फोन आयो, बाहिर निस्कनुपर्ने भएछ । बुवा रिसाउदै यसको केही काम छैन तै पनि समयमा खाना पकाएर खुवान समेत भ्याउदिन । चिया बनाउने, खाना बनाउने, ओछ्यान मिलाउने, सधैं एउटै अनुहार देखिन्छ—आमा ।

घरमा जो कोही भएपनि पाहुना आउँदा सबैभन्दा बढी दौडधुप गर्ने, हाँस्दै स्वागत गर्ने आमा नै हुनुहुन्थ्यो । मेरो दिमागमा एक्कासी प्रश्न आयो । यदि यो घरमा आमा नहुने हो भने यो घर घर जस्तो रहन्छ होला ? त्यहाँबाट म करिब दिउँसो २ बजे तिर अर्को साथीकोमा पुगेँ । त्यहाँ साथीले परिचय गराएपछि बुवाले म समाजसेवा गर्छु । छोराछोरी आ–आफ्ना काममा छन । बुढीको काम घर कुर्ने । त्यही बेला म नराम्रोसंग झस्किए, साँच्चै ति आमा केही गर्दैनन त ? कि हाम्रा नजर पुगेका छैनन या हाम्रा आँखाले उहाँहरूको काम देख्न चाहेकै छैनन् । त्यसैबेला मलाई कहिँकतै पढेको एउटा पुरानो लेख याद आयो । अमेरिकी लेखक बोनी सिमिथ याकलले लेखेको लेख ‘माई मदर नेभर वर्क त्यहाँ लेखकले आफ्नी आमाको जीवनभरको योगदानलाई सम्झँदै लेखेकी थिईन’ सरकारलाई लाग्छ मेरी आमा कहिल्यै काम नगरेकी हुन् तर उनले कृषिकर्म गर्दै बच्चा जन्माइन्, हुर्काइन्, खुवाइन्, आफनो घर परिवारदेखि राष्ट्रलाईसम्म योगदान पुराईन । तर मेरो सरकारले मेरी आमाको काम देखेन र उनलाई सामाजिक सुरक्षाबाट बञ्चित ग¥यो । त्यो लेख अहिलेपनि उत्तिकै सान्दर्भिक छ– नेपालका लाखौं आमाहरूका लागि । सरकार, समाज, अनि कतिपय अवस्थामा परिवारले पनि आमाको श्रमलाई ‘काम’ मान्दैनन् । किनभने उनले घरमै बस्छिन् । उनी मासिक तलब लिँदिनन्, अफिस जान्नन् । तर उनले गर्ने कामको क्षेत्र कति ठूलो छ ? कसैले लेखाजोखा गरेको छैन ।

आमाको बिहानी सवैभन्दा छिटोबाट सुरु हुन्छ । सबैका लागि चिया, नास्ता, सन्तानको स्कुलको तयारी, श्रीमानको अफिस ड्रेस मिलाउने, घरको सरसफाइ, खाना बनाउने, पाहुना आए सजिलै न्यानो आतिथ्यता प्रदान गर्ने । श्रीमान,ं बच्चा विरामी भए रातदिन स्याहार गर्ने पनि उनै हुन । राती विस्तारामा पनि सवैभन्दा ढिलो उनी नै पुग्छिन । अनि बिहान फेरी उठेर घरको व्यवस्थापन गर्ने पनि दायित्व उनैमा थुपारिएको छ । तर उनले केही काम गर्दिन । अर्थात उनको केही काम छैन । जनगणनामा उनी “आर्जन नगर्ने“ वर्गमा पर्छिन् । श्रम कानुनमा उनी श्रमिक होइनन् । अन्य कर्मचारी सरह उनलाई स्वास्थ्य विमाको आवश्यता देख्दैन सरकार । सरकारले दिने बृद्धभत्ता त उनको बुढेसकालको सान्त्वना हो, सम्मान होइन । उनी आर्थिकरूपमा निर्भर देखिन्छिन् तर वास्तवमा पूरै परिवार र समाज अनि राष्ट्रको ढाड बनी बसेकी हुन्छिन । महिला अधिकार र लैंगिक समानताको चर्चा भइरहेका छन्, औपचारिक काम गर्नेका हक हितका कुरा उठ्छन । तर गृहिणीको विषयमा समाज अझै मौन छ । कतिपय ठाउँमा त ‘काम नगर्ने’ भनेर उनीहरूलाई हल्का रूपमा हेरिन्छ । श्रीमान्, छोरा, छोरी अफिस जान्छन् । घर फर्किदा थकित हुन्छन् । श्रीमति -आमा चाहिँ दिनभर घरमै ‘बस्ने’ भएकाले उनको कामले थाक्न दिदैन अर्थात उनी थाक्न पाउँदिनन् ।

आजको समाज अझैपनि ‘कमाउने’ लाई मात्रै मूल्यांकन गर्छ । जसको बैंक खाता छैन, जो निरन्तर काम त गर्छिन तर दैनिक मासिक रूपैया नगद वा खातामा आउदैन । तिनको योगदान ‘शून्य’ ठानिन्छ । तर आमा हुनु आफैमा एउटा पूरै संस्था चलाउनु हो । सन्तानलाई मान्छे बनाउनु, घरलाई सम्हाल्नु, सामाजिक सम्बन्ध कायम गर्नु, यी सबै कामका लागि एक सक्षम मानव व्यवस्थापक चाहिन्छ । ति व्यवस्थापक आमा हुन । तर तिनै आमाको व्यवस्थापनलाई नजर अन्दाज गरिन्छ । के तलब आउनु मात्र काम हो ? के घर चलाउनु काम होइन ? के भावना सम्हाल्नु, सन्तुलन मिलाउनु, स्वास्थ्य र संस्कार जोगाउनु काम होइन ? आज हामी घरभन्दा बाहिर काम गर्नेलाई ‘कमाउने’ भन्छौं, तर त्यो बाहिर निस्कन सक्षम बनाउने शक्ति घरभित्रको आमामा हुन्छ । आमा काम नगर्ने होइनन्, उनीहरूलाई काम मान्ने आँखा छैन हामीसँग ।
अर्को महत्त्वपूर्ण कुरा—गृहिणीको श्रमले राज्यको अर्थतन्त्रमा कति योगदान दिएको छ ? यस तर्फ राज्यको आँखा पुगेको छैन । देशमा धेरै नीतिहरू बन्छन् । बजेट आउँछ, योजनाहरू घोषणा हुन्छन् । तर त्यहाँ कतै पनि “गृहिणीको श्रमलाई सम्मान“ भन्ने शब्द सुनिँदैन । न त सामाजिक सुरक्षा छ, न त बीमा । सायद उनीहरूको श्रम दृश्य नदेखिने भएकाले हो । समाजले महिलालाई घरभित्रको सीमित भूमिकामा राख्न चाहन्छ, तर त्यही भूमिकालाई महत्व दिन सक्दैन । घरभित्र बसेरपनि आमा देश बनाइरहेकी छन । बुद्धि, संस्कार, चेतना बोकेका सन्तान हुर्काइरहेकी छन् । तर उनीहरूको नाम कहिल्यै समाचारमा आउँदैन, न त सरकारी कागजपत्रमा ।

यदि ती सबै सेवाहरू -खाना बनाउने, बाल हेरचाह, घरको व्यवस्थापन आदि) कुनै व्यवसायिक सेवा लिने हो भने मासिक लाखौँ खर्चिनुपर्छ । तर जब ती सबै काम आमाले निःशुल्क गरिरहेकी छन, त्यसको मूल्यांकन गर्न कोही तयार छैन । एकदिन आमा थकित भएर भन्छिन ‘आज त धेरै थाकें तर कोही भन्छ—“के थाक्ने ? घरमै त छ्यौ नि ! “ के काम गरेकी छ्यौ र ? कस्तो विडम्बना हो । घरमै भएर सबै गर्नेलाई ‘नगर्ने’ भन्ने । अब समय आएको छ, राज्यले, समाजले, अनि हामी प्रत्येकले आमाको श्रमलाई सम्मान गर्ने । उनीहरूलाई नारीत्वको गहना भनेर होइन, कर्मठ श्रमिक भनेर हेर्नुपर्ने बेला आएको छ । गृहिणीको श्रमलाई आर्थिक मूल्य दिन नसकिएपनि सम्मान दिन सकिन्छ । कानुनी मान्यता दिन सकिन्छ । सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ । अवको आवश्यकता भनेको दृष्टिकोणको परिवर्तनको हो । आमा साँच्चिकै काम नगर्ने होइनन्, उनीहरूले गरेको कामलाई काम नदेख्ने हाम्रा नजर दोषी हुन । यी नजर परिर्वतन गर्नु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?