ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

रोकिएन बैदेशिक रोजगारीको पीडा

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

उज्वल जीवनको खोजीमा विदेश पलायन हुन बाध्य नेपालीहरू खाडी मुलुकमा अलपत्र पर्ने बर्षौदेखिको समस्या हो । बैदेशिक रोजगारीमा संलग्न दलालहरूले नेपालीहरूलाई राम्रो तलब र आकर्षक जागिरको लोभ देखाएर विदेश लैजाने र त्यही अलपत्र पार्ने गर्दै आएको बर्षौ भैसकेको छ । खासगरी खाडी मुलुकमा पछिल्लोसमय यो समस्या विकराल बन्दै गएको देखिएको छ । बिदेसिनु नेपाली युवाहरूको रहर मात्र नभई बाध्यता बनिसकेको छ । विदेशी भूमिमा पसिना चुहाएर पनि स्वदेशी माटोका लागि युवाहरूको महत्वपूर्ण योगदान छ । अर्थात्, उनीहरूले पठाएको रेमिट्यान्स नै देशको प्रमुख आयस्रोत बनिरहेको छ । विदेशमा युवाले चुहाएको रगत र पसिनाबाट कमाएको पैसा स्वदेशमा आउँदा सरकारले गौरव महसुस गर्छ । तर तिनै पसिना चुहाउनेहरू समस्यामा पर्दा भने बेखबर जस्तै बन्छ । विदेशमा यसरी अलपत्र परेका तथा समस्यामा परेकाहरूको सहयोगका लागि दूतावासहरूले उद्धारका काम गर्नुपर्ने हो तर ती दुतावास काम नगरी बस्ने सरकारी अड्डा बन्दै आएका छन् । नेपालबाट खाडीका विभिन्न देशमा गएका थुप्रै युवाहरू विदेशमा अलपत्र परेका परेका छन् । यो समस्या अहिलेको मात्रै नभै बर्षौंदेखिको हो । सरकारले स्वदेशमै रोजगारीका अवसर र आर्थिक रूपमा सुरक्षित भविष्यको निर्धारण नगरेसम्म युवाहरू हरेक दिन विदेश गइरहनुपर्छ, रेमिट्यान्स पठाइरहनुपर्छ । स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने सरकार युवा निर्यात गरिरहनेछ । मलेसिया, कतार, ओमन, साउदी लगायत खाडी क्षेत्रमा काम गर्न जाने युवाहरू अलपत्र र समस्यामा पर्नुको मुख्य कारण हो– सम्झौता अनुसारको काम र तलब नपाउनु । स्वदेशमा दलाल र म्यानपावर कम्पनीले एउटा काम भनेर विदेश पठाउँछन्, त्यहाँ पुगेपछि थोरै पैसामा अर्कै काममा लगाउने गर्छन् । मासिक चर्को ब्याजमा पैसा निकालेर विदेश गएका युवाहरू ‘भनिए अनुसार’ को काम र पैसा नपाएपछि छट्पटिन बाध्य हुन्छन् । नेपाली युवाहरूको त्यस्तो बाध्यताको फाइदा उठाउन खोज्ने दलालको विदेशमा पनि कमी हुंँदैन । राम्रो सुविधा दिने र पछि स्वदेश फर्किन पनि सहयोग गर्ने भन्दै त्यस्ता युवाहरूलाई नयाँ कम्पनीमा काममा लैजाने गर्छन् । अव सरकारले विदेशमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कडाइ गर्नैैपर्छ ।

सम्झौता अनुसारको काम र दाम दिन नसके सम्बन्धित म्यानपावर कम्पनी जिम्मेवार र जवाफदेही बन्ने स्थिति सरकारले बनाउनै पर्छ । त्यसो गर्न सकियो भने मात्र पनि नेपाली युवाहरू विदेशमा अलपत्र पर्ने समस्या केही हदसम्म समाधान हुन सक्छ । उता नेपाली चेलीहरू इराक, अफगानिस्तान, केन्या, सिरीया जस्ता अति जोखिम देशमा पुगेर जोखिमको काम गरेको देखिएको छ । ती देशमा गएका महिलाहरू संकटमा पर्दा उद्धारका लागि समस्या हुने गरेको छ । खाडी मुलुकमा जाने नेपाली महिलाहरूको त पीडाको कुरा बर्षौदेखि सुन्दै आईएको हो । मानव बेचबिखनमा संलग्न दलालहरूले अहिले महिला बिक्रीको रुट नै निर्माण गरेका छन । अति जोखिम देशमा लैजाने र त्यही अलपत्र पार्ने गरेको थुप्रै उदाहरण देखिएका छन । त्यसै त नेपालका लागि बैदेशिक रोजगार अव्यवस्थित वन्दै गएको छ । त्यसमाथि दलालहरूकै कारण नेपालीहरूले पाउने दुःखको कुरा बर्षौदेखिको एकादेशको कथा जस्तै भएको छ । अनुगमन गर्ने निकायको अभाव र सरकारको कमजोरीले मानव बेचबिखन गर्ने समूह सकृय बन्दा समेत उनीहरूमाथि कारवाही हुँदैन । नेपाली महिलाहरू भाषागत ज्ञानको अभावमा दोहोरो सञ्चारमा समस्या, शारीरिक शोषण र सोचेको भन्दा फरक काम, घेरै घण्टा काम गर्नुपर्दा धेरै दुःख पाएको समाचार आईरहेका छन् । आफु अक्षम भएकै कारण यदाकदा श्रम शोषण मात्र होइन शारिरीक र मानसिक शोषण अर्थात घरेलु हिंसामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने महिलाहरूमाथि अनेक प्रकारले शोषण भएका छन । तसर्थ अव सरकारले बैदेशिक रोजगारीलाई व्यवस्थित बनाओस् । कुनैपनि नाममा नेपालीमाथि श्रम शोषण, ठगी, यातनाको काम सैह्य हुन सक्दैन् । नेपालीमाथि श्रम शोषण गर्नेमाथि कारवाही गर्न सरकारले खुट्टा नकमाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?