Butwal Today

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।

कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो।

कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए।  नेपालका नन्दन यादव, सोमपाल कामीले २÷२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १/१ विकेट लिए।

कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो।

यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो।