ट्रेंडिंग:

>> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा

अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार
नेपालगञ्ज, ३१ चैत ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस, बाँकेको शनिबार नेपालगञ्जमा भएको जिल्ला सम्मलेनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गरेर राजसंंस्था फर्काउन समेत चुनौती दिए ।
महामन्त्री शर्माले आफ्नै कर्मले राजाको विदाई भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने स्पष्ट पारे । ‘आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस्’ उनको थप भनाई थियो—‘तर, राजसंस्थाको रेल छुटिसकेकाले अब त्यसमा सवार हुने सम्भावना छैन ।’ पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताउदै महामन्त्री शर्माले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
उनले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अब अन्तरविश्वासको नवीन कांग्रेस बनाउन कार्यकर्ता लाग्नुपर्ने बताए ।  महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शन भन्दा पनि राम्रो काम प्रस्तुत गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिदै  प्रधानमन्त्रीले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्नेमा आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय नभएको टिप्पणी गरे ।
सम्मेलनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेता–कार्यकर्ता इमान्दार र अनुशासित भएमात्रै पार्टी मजबुत हुने बताए । उनले केही भएको छैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसमा सत्यता नभएको जिकिर समेत गरे । केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेण्डा बोके पनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता औल्याए ।
सम्मेलनमा केन्द्रीय सदस्यहरु मैकुलाल बाल्मिकी, डा. गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि बोलेका थिए । सम्मेलनमा बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।  त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो समेत विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?