Butwal Today

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा

३० चैत्र २०८१, शनिबार
अ+
अ-

बुटवल, ३० चैत।
नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले बुटवलमा तेस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ । बुटवल उपमहानगरपालिका–६, पुष्पलाल पार्कमा बैशाख १ गतेदेखी सञ्चालन नयाँ प्रविधि र सेवासहित युनिक डेन्टलले आफ्नो सेवा सुरु गर्न लागेको सनिवार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

नववर्ष २०८२ को अवसरमा बुटवल–६, पुष्पलाल पार्कमा प्रालिले ६० लाख लगानीमा तेस्रो शाखा संञ्चालनमा ल्याउन लागेको सञ्चालक मेघराज वुढाथोकिले जानकारी दिए ।
२०७४ सालमा तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीबाट शुरु गरेको प्रालिले बुटववमा तेस्रो शाखाका रुपमा सुलभ, सुरक्षित र गुणस्तरीय दन्त सेवा सेवाग्राहिहरुसम्म पुर्याउने लक्ष्यसहित अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र बिरामी–मैत्री सेवा दिने सञ्चालक वुढाथोकिले जनाएका छन् ।

स्थापनाको तीन वर्षपछि, वि.सं. २०७७ मा बाणगङ्गा–४, चारनम्बर, कपिलवस्तुमा दोस्रो शाखा स्थापना गरी सो क्षेत्रका नागरिकलाई समेत आधुनिक दन्त सेवा प्रवाह गर्दै आएको बताउँदै दन्त सेवाको नयाँ अध्याय प्रारम्भ गरेको उनको भनाई छ ।
प्रालिका अर्का सञ्चलक जिवन बुढाथोकिले केन्द्रमा आधुनिक उपकरणहरू, डिजिटल प्रविधि, स्वच्छ वातावरण, सहज पहुँच र उच्च व्यावसायिक सेवासँगै बिरामीको सम्पूर्ण सन्तुष्टिलाई सर्वोच्च प्राथमिकतामा राखिएको बताए ।
डेन्टलबाट ७ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचारमा विशेष दक्षता दिने जनाइएको छ । डेन्टल इम्प्लान्ट सेवा, ब्रेसेस , कस्मेटिक डेन्टिस्ट्री , रुट क्यानल उपचार, दाँत उखाल्ने सेवा, क्राउन, ब्रिज र डेन्ट्चर सेवा, बालबालिकाको दन्त उपचार, स्केलिङ र पोलिसिङ तथा डिजिटल डेन्टल एक्स–रे लगायतका सेवाहरु प्राप्त गर्न सकिने डा. भावना मुल्मीले बताईन् ।

आगामी दिनमा अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गर्ने, बिद्युतिय मेडिकल रेकर्ड प्रणाली संचालनमा ल्याउने, विद्यालय, समुदाय र वृद्धाश्रमहरूमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने, खानपान, दन्त हेरचाह तथा बालबालिकाको दन्त सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू संचालन गर्ने, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि समावेशी र छुटयुक्त सेवा प्रदान गर्ने योजना रहेको सञ्चालक वुढाथोकिले सो अवसरमा जनाएका दिए ।

प्रालिमा नयाँ शाखाको शुभारम्भको अवसरमा २०८२ बैशाख महिना भरि सबै प्रकारका चेकजाँच तथा परामर्श सेवा निःशुल्क प्रदान गर्नुका साथै सम्पूर्ण उपचार सेवामा १५% छुट दिने घोषणा गरिएको छ ।