ट्रेंडिंग:

>> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन

एन्जिला चलचित्र किन हेर्ने ?

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

कहिलेकाहीँ मात्र चलचित्र हेर्ने बानी परेको मैले यसपटक एन्जिला चलचित्र हेर्ने संयोग जु¥यो । हुन त जतासुकै प्रकाश सपुतको चलचित्र बसन्तले चर्चा पाइरहेको बेला चलचित्र एन्जिलाको भने खासै हल्ला सुन्न पाइएको थिएन । प्रकाश सपुत जो मर्मस्पर्शी गीत सारंगी जस्ता चलचित्रबाट ख्याती कमाइसकेकोले होला धेरैको ध्यान बसन्त चलचित्र कहिले आउंँछ भन्नेमा थियो । एउटी खेलाडी केटीको यो चलचित्र पहिलो भएर पनि होला एन्जिलाले टिकटक लगायत धेरै ठाउँंमा खासै चर्चा बटुल्न सकैको थिएन । बास्तवमा भन्दा चलचित्र एन्जिलाको प्रचार त खासै भएकै थिएन भन्दा पनि हुन्छ । अचम्म त यो मानेमा लाग्यो कि चलचित्र निकै राम्रो भएर पनि यो चलचित्रले चर्चा पाउन किन सकेन ? भनिन्छ बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन । अर्को बच्चा नरोइ आमाले दुध पनि खुवाउँंदिनन तर थाहै नपाई दर्शकहरू यो चलचित्र हेर्न हलमा कसरी पुग्छन । अहिलै दर्शकले थाहा पाउने सजिलो माध्यम बिशेगगरी टिकटक हो । कुनै बिषयको हल्ला गर्नु छ भने टिकटकमा राखिदिए पुग्छ । अहिले जति प्रचार टिकटकको माध्यमबाट हुन्छ अरू कुनैबाट हुन सक्दैन । जे होस (विदेश) ग्रीसमा खेल्न गएकी एन्जिला केही दिनका लागि नेपाल आएर काठमाण्डौ, धरान, बिराटनगर, पोखरा, नेपालगंजका जस्ता हलहरूमा पुगेर रोइरहेका दर्शकहरू भेटेपछि राम्रो प्रचार पनि भएको छ र हलहरूका सिट खचाखच भरिएका छन ।

एन्जिला चलचित्र हेरेपछि र एन्जिलाको यथार्थ जीवनी महसुस गर्दैगर्दा सांरगी लगायत चलचित्रमा नझरेको आँशु यो चलचित्रमा झरेको थुप्रै दर्शक बताउंँछन । पांँचथरमा जन्मेर सानै उमेरमा इलाम झरेकी एन्जिला आफ्नो जीवन भोगाईका कथामा अभिनय गरेकी छिन । बिगतलाई सम्झेर कथावस्तुमा रहेर झार्नुपर्ने आंँशु अरूलै ग्लिसीरिन लगाएर झार्दा आफ्नो भने स्वतः झर्ने गरेको र केही लगाउनु नपरेको उनको भनाई छ । बाल्यकाल सम्झेर भोगेका पिडा महसुस गर्दैजाँंदा भावनामा डुबुल्की मारिरहेँ । जसले कृतिम आँशुको आवश्यक परेन, उनले अन्तर्वार्तामा भनेकी छिन । हो सबैको आ–आफ्नो ठाउँंमा कुनै न कुनै खाले जीवन भोगाईका कथाहरू हुने गर्छन । मुख्यत कस्तो खाले भोगाइ रह्यो भन्ने कुराले महत्व राख्ने गर्दछ ।

हामी भएन भन्छौंँ, मेरो भाग्यमा यस्तै लेखेको रहेछ भनेर निराश बन्छौंँ तर भाग्यरेखा कोर्ने त आखिर हामी आफैले रहेछ भन्ने ज्ञान यो चलचित्रले देखाएको छ । कुनैपनि परिस्थितिमा आत्तिनु हुँदैन अथवा भनाइ छ नि भयो भनेर नमात्तिनु र भएन भनेर नआत्तिनु । हो हाम्रा हातका पांँच औंला पनि बराबर छैनन । हाम्रा बिचार पनि एउटै छैनन् । रंग पनि सबैलाई एउटै मन पर्छ भन्नै छैन र मन पर्ने भए धैरै खाले रंग किन बनाइथ्यो । खानाको टेष्ट पनि फरक फरक मन पर्छ । यसैले त भान्सामा धेरै खाले परिकार बन्ने गर्छ । घुम्न जान पनि कसैलाई कहाँं मन पर्छ भनै कसैलाई कहाँ, कसैलाई भिसा लगाउनु पर्ने टन्न खर्च गरेर जान सकिने देशहरू घुम्ने रहर होला तर भएर के गर्ने आफ्नो हैसियतले नभेटन सक्छ । त्यसैले इच्छा मारेर बस्नुपर्ने हुन्छ । इच्छा आकांक्षा तथा बिचार सबैका एउटै हुँदैनन् । एन्जिला चलचित्र फुटबल खेलाडी एन्जिलाको बाल्यकाल देखिको जीवन भोगाइमा रहेर निर्माण गरिएको छ । बास्तवमा भन्ने हो भने यो भोगाई एन्जिलाले मात्र होइन धेरै एन्जिलाले भोगेका छन् । संयोग भन्नुपर्छ भोगाइका संघर्षमा सपोर्ट दिने उनको गडफादर बन्न सफल पूर्व डिएसपी प्रेम श्रेष्ठको साथ पाएर उनी सफल खेलाडी र चलचित्रमा आफ्नो जीवन भोगाई थाहा दिन सक्ने बनेकी छन् । यस्तै गडफादरको खाँंचो धेरै एन्जिलाहरूलाई परेको हुन्छ । मानवताभित्र रहेर हरी भएको भनिन्छ नि निस्वार्थ सहयोग गर्ने कोही छ भने यस्तै गडफादर बन्ने अवसर पनि मिल्न सक्छ भन्ने उदाहरण प्रेम श्रेष्ठ बनेका छन ।

 

विकट गाउंँहरूका बासिन्दाहरूमा मदिरा सेवनलाई सामान्य मान्ने, महिलाहरूलाई मानव नै नसम्झने, मदिरा सेवन पुरुषको सान हो भन्ठान्ने, रोजी रोटीको खोजीमा नलागी नशाको तालमा परिवारमा कलह, झगडा गरिरहने आदीका कारण यसको असर साना बालबालिकालाई पर्छ भन्ने हेक्का नराख्ने यस्तै कारण एन्जिलाको आमा दुई बालबालिका बोकेर अर्कैसँंग जान बाध्य परेको बिषय चलचित्रमा देखाइएको छ । जहाँं गएपनि कर्म सँगै भने जस्तो अर्को ठाउँमा पनि उनका लागि सहज बनेन । एन्जिलाको फुटवल खेल्ने धोको यत्तिकै हुने ठानेर निकासका लागि आफन्तको सहारा खोज्दै राजधानी काठमाण्डौ आफन्त छेमा पर्ने कहाँं एन्जिलालाई उनकी आमाले पठाउंँछिन । त्यहाँं पनि एन्जिलालाई काम गर्ने सहयोगीका रूपमा हेरिन्छ । आफुलै सोचे जस्तो नभएपछि ठक्कर माथि ठक्कर खाएकी एन्जिला अन्ततः एपिएफको सहारा लिन पुग्छिन । त्यहांँ उनले प्रेम श्रेष्ठलाई पाउँछिन । उनैको सहाराले आज उनी हिम्मतिली र सफल एन्जिला भएर उभिन सकेकी छन् ।

घर परिवारमा हुने विकृति, विसंगती, श्रीमान श्रीमती बीचको बेमेल जसका कारण बालबालिकामा पर्ने मानसिक असर जस्ता कुरामा ध्यान नदिँंदा शान्त वातावरणको खोजीमा दशबाह्र बर्षकै उमेरमा बालबालिका कुलतमा फसेको हामीले पाउँंछौं । केही यस्ता नमुना बालबालिका छन कि त्यस्तो वातावरणलाई चिर्दै बैकल्पीक खोजीमा एन्जिला बन्न पुगेका छन् । एन्जिलाको भाषा सापटी लिंँदा उनले एउटा अन्तर्बार्तामा भनेकी छन कि दुःख पिडा संघर्षलै नै मलाई यहाँं पु¥यायो । यति दुःख नपाएको भए म सफल खेलाडी बन्न सक्थीन । जब खेल्ने वातावरण नपाएपछि मैले गाउँं छोडेँ । खेल्न पाउने ठाउंँको खोजीमा मलाई अहिलेको गडफादरसंँग भेट गरायो । यसैले त म सफल हुनसकेँ । सुखै सुखमा रहन पाएको भए के हुन्थ्यो हुन्थ्यो, उनले भनेकी छन् । मिलन चाम्स, दयाहाङ राई, गडफादर प्रेम श्रेष्ठ लगायतको सहयोगमा निर्मित एन्जिला चलचित्रमा नरुने दर्शक भेटिँंदैनन् ।

समग्रमा एन्जिला चलचित्र हेर्न आवश्यक छ । यसले हामी तथा हाम्रा बालबालिकालाई राम्रो परामर्श दिन सक्छ । जुन परामर्शले बालबालिकालाई कुलतमा पर्नबाट जोगाउने छ । जीवनमा सुखै सुख मिल्छ भन्ने छैन । सबै सम्पन्न परिवारमा जन्मन्छन भन्ने पनि छैन । सबै धनी पनि हुँदैनन सबै गरिब पनि हुँदैनन । जीवन भोगाइमा जे जस्तो परिस्थिति आएपनि आत्तिनु हुँदैन भन्ने ज्ञान यो चलचित्रले दिएको छ । परिकल्पना गरिएको कथामा आधारित नभएर एन्जिलाको वास्तविक जीवन भोगाइको कथामा बनेको चलचित्रले धेरै कुरा सिकाएको छ । भोगाइका सबै कुरा समेटन तीनवटा चलचित्र बन्नु पर्ने भएकाले सटकटमा संकेत दिने काम यसले गरेको छ । गाउँ शहर वा कहीँं पनि यस्ता भोगाइका एन्जिला धेरै छन तर संघर्ष गरेर कति सफल भए भन्ने कुरा मात्र हो । चलचित्र त बनिरहेका हुन्छन तर सवैले सवैको मन छुन सकेको हुँदैन । केही यस्ता चलचित्र बन्छन जसले लाखौंको मन छोएको हुन्छ । केही समय पहिले पूर्णवहादुरको सारङ्गी आयो । त्यसले पनि दर्शकलाई धरधरी रुवायो । यतिखेरको एन्जिलाले सारङ्गीमा नरोएका मानिस पनि रोइरहेका छन् । यतिखेर फाइनल जाँच दिएर बालबालिका घरमै छन, यो बखत उनीहरूलाई पनि यो चलचित्र देखाउँदा उपयुक्त हुन्छ, अभिभावकले यतातिर ध्यान दिँदा राम्रै होला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?