ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

बुटवल, ३० चैत । क्रिकेट खेलको क्रेजलाई मध्येनजर गरि बुटवलमा पहिलोपल्ट बुटवल क्रिकेट एकेडेमीले ग्रासरुट खेलाडीहरुको बिचमा लिग खेलाउन लागेको छ । युवा खेलाडीहरुलाई खेल अनुसासनसंगै प्लेटफर्म दिने गरि रुपन्देहीमा पहिलोपल्ट यु–१३ बिसिए प्रिमियर लिग प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष प्रथम पराजुलीले बताए । ‘युवा खेलाडी उत्पादनको आधार नै ग्रासरुट क्रिकेट हो ।’–उनले भने । रुपन्देही क्रिकेटको लागि उर्वरभुमी भएको उनले दाबी गरे । संस्थागत रुपमा यहा हुने खेल गतिविधि, खेल शिविरमात्र नभई नीजि क्षेत्रबाट समेत खेल पूर्वाधारमा भएको लगानी कै कारण खेल पर्यटन विकासको आधार तयार भैरहेको उनले दाबी गरे ।

एक समारोहका बिच रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले शनिबार प्रतियोगिताको ट्रफी अनावरण, प्लेयरको जर्सी सार्वजनिक तथा खेलाडी अक्सन कार्यक्रमको शुभारम्भ गर्दै युवा खेलाडीहरुलाई अवसर दिने गरि नया ढंगबाट क्रिकेट आयोजना हुन लागेको बताए । बालबालिकाहरुलाई खेल अनुसासन र ज्ञानमात्र नभई उनिहरुलाई ब्यवसायिक खेलाडीका रुपमा थोरै भएपनि पारिश्रमिक उपलब्ध हुने वातावरण प्रतियोगिताबाट भएको उनले बताए ।
तिलोत्तमा नगरमा आयोजना गरिएको कार्यक्रममा ३५ जना खेलाडीहरुलाई अक्सनमा सहभागी रहेका थिए । ए, बि र सि गरि ३ क्याटगरीमा खेलाडीहरुको मुल्य तोकेर दुई टिमका ओनरहरुले खरिद गरेका थिए ।

टिम बिसिए वरियर्समा १७ जना र टिम बिसिए च्यालेन्जर मा १८ जना अक्सनबाट खेलाडी किन्ने काम भएको संयोजक सुमित श्रेष्ठले बताए । टिम बिसिए वरियर्समा मार्की खेलाडी सुनिल पोख्रेल रहेका छन । जसको टिम क्याप्टेन निकरेश आचार्य, टिम कोच सुधन श्रेष्ठ तथा ओनर उमेश श्रेष्ठ, निकास श्रेष्ठ र नबिन शाक्य रहेका छन ।

यसैगरि टिम बिसिए च्यालेन्जरमा मार्की प्लेयर कुशल थापा, टिम क्याप्टेन अनमोल भण्डारी, टिम कोच अभिषेक ठाकुर र ओनरहरु किरण थापा, आरिफ शेख, बाबुराम भण्डारी रहेका छन । बैशाख २ गते दुई टिम बिच ज्योतीनगर क्रिकेट मैदानमा लिग आधारमा ३०/३० ओभरको खेल खेलाईने उनले बताए ।

कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका कार्यबाहक अध्यक्ष रोमित बज्राचार्य, रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री, सदस्य विजयसिह ज्ञवालीले यस किसिमको प्रतियोगिताहरुलाई भविष्यमा समेत निरन्तरता दिदै लग्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?