Butwal Today

सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भइरहेको बेलामा नेपाली बजारमा पनि सुनको भाउले आज पुनः कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य एकैदिन तोलामा ३,९०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको छ। अहिले छापावाला सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

हिजो मात्र सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ थियो। पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूको भनाइ छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको १,९०५ रुपैयाँ मा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा ५ रुपैयाँले बढी हो।