ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार
दाङ  ।
लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को फाईनलमा वर्षा बाधक बन्दा दाङ र रुपन्देही संयुक्त विजेता भएका छन् ।
बिहीबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देही संयुक्त विजेता बनेका हुन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा गरिएको  प्रतियोगिताको उपाधिका लागि दुई टीमबीच लमही-५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । तर, राति हावाहुरीसहितको पानी परेपछि खेल सम्भव हुन सकेन । बिहान घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा फाईनल खेल गर्ने गरि पिच तयारी गर्ने प्रयास भएपनि फेरि पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
संयुक्त विजेता बनेका दाङ र रुपन्देहीले ७५-७५ हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् ।
दाङ र रुपन्देहीको पुरुष क्रिकेटमा रुपन्देही हावी हुने गरेको छ । तर, यो पटक फाईनलमा रुपन्देहीलाई हराउँदै उपाधि उचाल्ने र ईतिहास बनाउने मौका दाङलाई थियो । महिला क्रिकेटमा दाङले रुपन्देही टीमलाई पराजित गर्दै आएपनि पुरुष क्रिकेटमा अहिलेसम्म खेलेका दर्जनौं खेलमा रुपन्देही बाधक बन्दै आएको छ । यो पटकको संयुक्त विजेता बन्दै दाङले ट्रफी साझेदारी गरेको छ ।
दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गर्दै प्रवेश गरेका थिए । चैत २५ गतेदेखि शुरु भएको  प्रतियोगिताको प्लेयर अफ द सिरिज  दाङका तुलबहादुर थापा  भए  । चाईनाम्यान बलरसमेत रहेका उनले नगद १० हजारसहित ट्रफी पाए । यसैगरी, प्रतियोगिताको बेस्ट बलरका रुपमा गुल्मीका  रामचन्द्र टण्डन हुँदा
बेस्ट ब्याट्समान दाङका तुलबहादुर थापा भए । दुवैले जनही ५ हजारसहित ट्रफी हात पारे । प्रतियोगिता समापन तथा पुरस्कार वितरण  समारोहमा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलाडीलाई पुरस्कृत गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिसमेत रहेका मन्त्री सारुले मानिस स्वस्थ रहन खेलकुद जरुरी रहेको बताए ।
खेलकुदका लागि पूर्वाधार विकाससँगै प्रतियोगिता बढाउन प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै खेलकुदका विकासका लागि आगामि आर्थिक वर्षमा आवश्यक बजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता जनाए । उनले खेलका माध्यमबाट खेलाडीले खेल अनुशासन देखाउँदै प्रतियोगितामा सहभागी भएर उत्कृष्टता प्रदर्शन गरेको भन्दै प्रशंसा समेत गरे ।
 नेपालले क्रिकेटका माध्यमबाट विश्वकप खेलीसकेको हुँदा खेललाई स्वास्थ्यसँगै व्यावसायिक रुपमा विकास गर्न सबैले ध्यान दिन आवश्यक रहेको बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिताका लागि पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्ध रहेको हुँदा सहज भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष  तथा केन्द्रीय सदस्य प्रदीप मजगैयाले बताए ।
प्रदेश खेलकुद परिषदले क्रिकेटको विकासका लागि आयोजना गरेको प्रतियोगिताले विभिन्न जिल्लाबाट नयाँ खेलाडी उजागर गर्न सहयोग पुगेको बताए।
समापन समारोहको सहजीकरण लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिता संयोजक कैलाश रोका मगरले गरेका थिए । प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?