ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

रुपन्देही, २९ चैत

लुम्बिनी प्रदेशमा सञ्चालित “सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम” को प्रभावकारिता मूल्यांकन गर्न वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा सरोकारवाला टोलीले ६ जिल्लाका विभिन्न वन क्षेत्रहरूको तीन दिने अनुगमन सम्पन्न गरेको छ ।

अनुगमन टोलीको नेतृत्व लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका थिए । उक्त टोलीमा वन विज्ञ, सम्बन्धित निकायका अधिकारी, सांसद, पत्रकार तथा सरोकारवाला सहभागी थिए ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन व्यवस्थापनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै कार्यान्वयनमा संलग्न सबै सरोकारवालालाई अझ प्रभावकारी ढंगले कार्य गर्न निर्देशन दिए ।

टोलीले अनुगमन गरेको वनहरूमा दाङको अमिलिया सामुदायिक वन, बाँकेको जनमुखी सामुदायिक वन, शमशेरगञ्ज माथेवास चकला वन, बर्दियाको खोदाउ सामुदायिक वन, कपिलवस्तुको देवीस्थान र शिवराज साझेदारी वन, रुपन्देहीको शिवनगर सामुदायिक र लुम्बिनी साझेदारी वन तथा नवलपरासीको बुद्धशान्ति साझेदारी वनहरू समावेश छन् ।

यस क्रममा अनुगमन टोलीले सम्बन्धित डिभिजन वन कार्यालय, उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीहरूसँग अन्तरक्रिया गर्दै कार्यक्रमको अवस्था, चुनौती, उपलब्धि र सम्भावनाका विषयमा राय संकलन गरेको छ ।

वन सम्वद्र्धन प्रणाली अन्तर्गत विरुवा उत्पादन, रोपण, संरक्षण, गोडमेल, काँटछाँट तथा योग्य रुखको कटानजस्ता गतिविधि समावेश हुन्छन्। लुम्बिनी प्रदेशमा हालसम्म ३७५ वटा वन क्षेत्रमा यो प्रणाली लागू भइसकेको छ ।

मन्त्रालयका सचिव मोहनराज काफ्लेले वन व्यवस्थापनबाट वन संरक्षणसँगै राज्यको आम्दानीमा वृद्धि, वातावरणीय सुधार, वन्यजन्तु संरक्षण र स्थानीयलाई रोजगारीको अवसर प्राप्त हुने जानकारी दिए ।

अनुगमन टोलीमा कृषि, वन तथा वातावरण समितिका सभापति सांसद विश्वप्रेम पाठक, वन निर्देशनालयका महानिर्देशक यज्ञमूर्ति खनाल, योजना महाशाखा प्रमुख प्रभात सापकोटा, समितिका सदस्य, वन अधिकृतहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यस अनुगमनबाट प्राप्त सुझाव र अध्ययनका आधारमा भविष्यमा वन व्यवस्थापन कार्यक्रमलाई अझ प्रभावकारी बनाउने रणनीति तय गरिने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?