ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बुटवल, २९ चैत ।
बुटवलमा राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं.८ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुभारम्भ गरे । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं. ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई राष्ट्रिय परिचयपत्र वितरण गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालय मार्फत वितरण गर्न लागिएको भन्दै त्यसमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले सहजिकरण गर्नुपर्नेमा जोड दिए ।

वडाबाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने ब्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहजरूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको जिम्मेवारी र दायित्व भएको उल्लेख गरे ।
परिचयपत्र बितरण गर्दा टोकन प्रणाली लागु गरी आफ्नो पालोमा बोलाउने र जेष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गरे ।उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजिकरण गर्नुपर्नेमा जोड दिइन् । परिचयपत्र बितरणका क्रममा कुनै समस्याआएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गरिने उनले बताइन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ८ का कार्यबाहक वडा अध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव बिष्णु श्रेष्ठले परिचयपत्र बितरणको तयारी र प्रक्रिया बारे अवगत गराएका थिए । त्यस्तै बुटवलको वडा नं. ३ र ४ मा पनि आजैदेखि परिचयपत्र बितरण कार्य सुरु भएको छ । तीनवटै वडामा नगर प्रमुख पाण्डेय, उपप्रमुख अर्यालले सम्बन्धित वडाका जेष्ठ नागरिकहरूलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको सुभारम्भ गरेका थिए । पहिलो चरणमा बुटवलको वडा नं २,३,४,५,७,८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्यालले जानकारी दिइन् । रूपन्देही जिल्लामा पहिलोपटक बुटवलबाट परिचयपत्र बितरण कार्य सुरुवात भएको हो ।
परिचयपत्र लिन स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने र परिचयपत्र लिन आउदा आवेदन फारम भरेको भर्पाई लिएर आउनुपर्ने त्यो नभए नागरिकताको प्रतिलिपी लिएर आउनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका कर्मचारीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?