ट्रेंडिंग:

>> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर

बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

नेपालमा हरेक महिना रेमिट्यान्स आप्रवाह बढेको बढ्यै छ । चालू आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा १० खर्ब रूपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार आठ महिना अर्थात् साउनदेखि फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । यस्तै आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय छ । अघिल्लो वर्षको यही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ८२ हजार ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । रेमिट्यान्सको यो आप्रवाह हेर्दा लाग्छ मुलुक अव पूर्णतः परनिर्भर भएको छ । विदेशबाट नेपालीले कमाएर पठाएको पैसाले मात्रै अव देश चल्ने अवस्था सिर्जना भएको छ । यो गंभीर चिन्ताको कुरा हो ।

त्यस्तै चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रूपैयाँ पुगेको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । राष्ट्र बैंकको यो तथ्याँकले नेपालका लागि अर्को डरलाग्दो कुरा सार्वजनिक गरेको छ । विदेशबाट पठाएको पैसाले देश चलाउने र विदेशबाट सामान निर्यात गरेर भएको पैसा सवै विदेश पठाउने अवस्था देखिनु नेपाललाई कुनैपनि दिन कंगाल बनाउने संकेत हो भन्दा अत्युक्ति हुँदैन । यसले विदेशबाट आएको पैसा विदेश नै जाने अवस्था उत्पन्न भएको छ । कालान्तरमा नेपाल उही अरू देशको सहारामा बाँच्नुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने चिन्ता छ ।
रेमिट्यान्सको प्रवाह बढिरहँदा अर्को जोखिमको क्षेत्र हुण्डी कारोवार समेत बृद्धि भएको छ । हुण्डीको कारोबार बढ्नु भनेको नेपालले ठूलो मात्रामा प्राप्त गर्ने कर घटनु हो । यसले नेपालको अर्थतन्त्रमाथि ठूलो धक्का लाग्छ । अर्थ मन्त्रालयले नेपाल आउनुपर्ने रेमिट्यान्स गैरकानुनी तरिकाबाट भित्रिरहेको बताउँदै यसले भविष्यमा अर्थतन्त्रमा समस्या आउन सक्ने उल्लेख गरेको छ । रेमिट्यान्सको ठूलो हिस्सा आधिकारीक बाटोबाट भन्दा गैरकानुनी तरिकाले आयात भैरहेको छ । त्यसै त रेमिट्यान्सबाट प्राप्त आयको अधिकांश हिस्सा गैरउत्पादन क्षेत्रमा खर्च भइरहेको छ । रेमिट्यान्स उत्पादनशील र दिगो उपयोगमा जोड दिन नसक्ने हो भने नेपालको अर्थतन्त्रमा भविष्यमा ठूलै समस्या नआउला भन्न सकिन्न । त्यसमाथि गैरकानुनी तरिकाले भैरहेको दुरूपयोगको नियन्त्रण जरुरी छ । रेमिट्यान्स आयको आकार बर्सेनी बढ्दो क्रममा छ । यसको उपयोग भने अनुत्पादक क्षेत्रमा भइरहेको छ । यदि यस्तै भइरहने हो र कुनै दिन रेमिट्यान्स आयमा ‘ब्रेक’ लाग्ने अवस्था आयो भने मुलकको आर्थिक क्षेत्रमा नराम्रो असर पर्नेछ । तसर्थ रेमिट्यान्स प्रवाह बढेकोमा सन्तोष मान्नु भन्दा नेपाललाई आत्मनिर्भर वनाउने बाटोको खोजी गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?