Butwal Today

पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद जीवन परियार ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर १५ गतेको घटनाबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजालाई समितिमा बोलाएर सोध्नुपर्ने बताएका छन् कि १५ गतेको घटनामा उनकाे भूमिकामा कस्तो सहभागिता थियो।

“१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन? यो समितिमा बोलाउँ,” परियारले भने। “पूर्वराजा ज्ञानेन्द्रलाई सोध्न आवश्यक छ कि यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन।”

परियारका अनुसार, कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट छैन। उनले भने, “संविधानको नजरमा सबै नागरिक समान छन्, र सामान्य जनताले पाउने अधिकारपूर्वक पूर्वराजालाई पनि उही अधिकार हो।”

“पूर्वराजा ज्ञानेन्द्र यतिबेला एक सामान्य नागरिक मात्र हुन्,” उनले जोडेर भने, “त्यो भन्दा बढी अधिकार उनको छैन।”

यस घटनाले नेपालका राजनीतिक वृत्तमा चासो र बहसको लहर सिर्जना गरेको छ, र पूर्वराजा शाहको भूमिका र त्यसका कानूनी परिणामहरूलाई लिएर थप जाँचबुझको माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?