Butwal Today

दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, २९ चैत ।

तीनकुने घटनाका मुख्य आरोपी विवादास्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनी माथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो ।

साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।  प्रहरीले हिजो झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो ।

गत चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षती हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?