ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बर्दिया, २९ चैत ।
बर्दियामा पछिल्लो समय केही परिवारहरूले बेपत्ता भएका आफन्तहरू नफर्कने भएपछि परम्परा अनुसार दाहसंस्कार गर्न थालेका छन् । २०५८ साल चैत २६ गते ठाकुरबाबा नगरपालिका वडा नंं. १ निवासी रामदास थारुलाई कार्यरत स्थानबाटै तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । त्यतिबेला देखि अहिले सम्मै उनको अवस्था बारे कुनै जानकारी भएको छैन् । परिवार थुप्रै बर्ष आशामा बसे, विभिन्न निकायमा धाइरहे र आयोगहरूमा निवेदन दिए तरपनि कतैबाट रामदास थारुको बारेमा कुनै खबर आएन । कुनै खबर नआएपछि परिवारले अन्ततः अब फर्कने अवस्था छैन् भनेर परम्परा अनुसार उनको बुधवार दाहसंस्कार गरिएको छ ।

रामदासकी छोरी अस्मिता कुस्माले भनिन–‘हामीले बाबाको अवस्था थाहा पाउन धेरै बर्ष लाग्यौं, तर अहिले त्यो आशा पनि मरेको छ । अब बाबा फर्किनु हुन्न भनेर हामीले काजकिरिया गर्यौँ । उनी भन्छिन, बाबा नभएको पीडा मैले र आमाले प्रत्यक्ष भोग्यौँ । आमाले मजदुरी गरेर हामीलाई पढाउनु भयो । त्यो संघर्ष भोग्नेलाई मात्र थाहा हुन्छ । गाँउघरमा पनि धेरै कुरा उठ्ने गरेको थियो, नातागोता र समाजले अब त अन्त्य गरौँ भन्ने सुझाव दिँदै आएका थिए । अन्ततः हामीले यो निर्णय लिएका हौँ ।
द्वन्द्व पीडित समिति बर्दियाका संयोजक मानबहादुर चौधरीले भने, “हामी दर्जनौँ परिवार सँग कुराकानी गरिरहेका छौँ ।
अधिकांशले अब आशा मरेको बताएका छन् । राज्यले बेपत्ता व्यक्तिहरूको अवस्थाबारे केही पत्ता लगाउन सकेको छैन् । उनीहरू अहिले सम्म जिवित छन कि मृत्यु भयो कुनै पुष्टि हुनु सकेको छैन । यस्तो अनिश्चितताले पीडितहरूलाई थप पीडामा राखेको छ ।’ चौधरीका अनुसार, बर्दियामा करिब ४५ जना बेपत्ता मानिसहरूका परिवारले अब परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिसकेको छन् ।

द्वन्द्वको बलिदानबाटै आज परिवर्तन सम्भव भएको बेपत्ता रामदासकी छोरी अस्मिता कुस्माले बताइन । उनले भनिन, हामीले परिवारको सदस्य गुमाएका छौं तर पनि न कुनै निकायले न सरकारले पीडा बुझेको छ तर हाम्रो पीडा सरकारले बुझ्नु पर्छ । उनने भनिन् शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सम्मानमा समेत राज्यको तर्फबाट बेपत्ता परिवारलाई प्राथमिकता दिनुपर्ने माग राखिन । बर्दिया जिल्ला द्वन्द्वकालमा सबैभन्दा प्रभावित भएको जिल्ला हो । द्वन्द्वकालमा सयौँ परिवारहरूले आफ्नो परिवारका सदस्य गुमाएका छन् । यिनीहरूको न त मनको मलहम लागेको छ न त न्याय पाएका छन् ।

सशस्त्र द्वन्द्व सकिएको दुई दशक बितिसक्दा पनि द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन । राज्य पक्ष र ततकालीन विद्रोही पक्ष दुबै क्रियाकलापबाट प्रभावित नागरिकहरू अझै पीडामा छन । बर्दियामा पछिल्लो समय केही परिवाले आफ्नो वेपत्ता आफन्तहरू अब कहिल्यै नफर्कने निश्चित गर्दै परम्परा अनुसार काजकिरिया तथा अन्तिम संस्कार गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?