Butwal Today

आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-

रूपन्देही, २९ चैत ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सबै राजनीतिक दलको सहमतिमै संविधान संशोधन हुने बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा सन्चारकर्मीसंग बोल्दै मन्त्री गुरुङ्गले दुई दलको सहमति हुंदा ७ बुंदे सहमती भएको बताए । एउटा संविधान संशोधन र सुशासन कायम गर्न, दुई दलको राजनीतिक कार्यदल बनाउने संयन्त्रमा छलफल भएर सबल र दुर्बल पक्षमा छलफल गरि विषय पहिल्याएर दुइ दलले सत्तारुढ दलसंग पनि छलफल गरि साँझा एजेन्डा बनाउने त्यसपछि प्रतिपक्ष दलसंग पनि छलफल संशोधन गर्ने उनको भनाइ छ ।

मन्त्री गुरुङ्गले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि सबै आवश्यक पूर्वाधार तयार हुनुपर्ने बताएका छन् । उनले नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार तयार पारेपछी पूर्णरूपमा बिमानस्थल चल्ने जिम्मा सरकारले लिने मन्त्री गुरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?