ट्रेंडिंग:

>> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ

शिक्षक महासंघले बुझायो २४ बुँदे सूची

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

काठमाडौं, २९ चैत ।
सडक प्रर्दशनको नवौं र शैक्षिक हड्तालको चौथो दिन आन्दोलनरत शिक्षक र सरकारबीच सम्वाद शुरु भएको छ । दुई पटक सहसचिव मार्फत् गरिएको वार्ताको सार्वजनिक आह्वान नटेरेका शिक्षकहरू शिक्षा सचिवले पठाएको पत्रका आधारमा बिहीबार शिक्षा मन्त्रालय पुगेका हुन् । ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न भन्दै शिक्षकको टोलीले शिक्षा मन्त्रीलाई सम्बोधन गरिएको २४ बुँदे सूची सहितको पत्र बुझाएको छ । २४ बुँदे सूचीमा शिक्षकको वृत्ति विकास, सेवा सुविधाका विषय उल्लेख छन् । शिक्षक स्थायित्वको सवाललाई पहिलो बुँदामा समेटिएको छ । अस्थायी प्रकृतीका सबै शिक्षकलाई स्थायी गर्न भनिएको उक्त बुँदामा स्वतः स्थायी नभई प्रकृया पुर्याएर स्थायी गर्न भनिएको छ । यसैगरी निजामती र शिक्षकको बिचमा भएको ग्रेडको असमानता मिलान गर्नु पर्ने, विद्यालय कर्मचारीका लागि दरबन्दीको व्यवस्था र स्थायीत्वको कुरा पनि उल्लेख गरिएको छ । यसैगरी प्रारम्भिक बाल कक्षाका शिक्षकलाई विद्यालय संरचना भित्र ल्याउने र प्रावि तृतीय सरहको सेवा सुविधा दिनु पर्ने, स्थायी शिक्षकको आवधिक बढुवा र बढुवाको अनुपातमा वृद्धि लगायतका विषय पनि समेटिएको छ । यसैगरी स्थायी शिक्षकको अस्थायी अवधिको गणना, ऐन जारी भएको मितिलाई निवृत्तिभरणको प्रस्थान विन्दु मानेर त्यो भन्दा अघिकारलाई पुरानै प्रणाली र त्यो पछिकालाई मात्रै नयाँ प्रणालीमा राख्नु पर्ने विषय राखिएको छ ।

स्थानीय सरकार मातहत भएको विद्यालय शिक्षा सञ्चालनको अधिकारको प्रसंग २४ बुँदे पत्रमा उठे पनि त्यसलाई संविधान संशोधनका बेला उठाउने भनिएको छ । यो विषयलाई यस पटक प्राथमिकता नदिएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।‘अनुसूचीको कुरा हामी संविधान संशोधनका बेला उठाउँछौं, अरू संविधानसंग बाझिने कुरा केही छैन’ सुवेदीले भने ‘यद्यपी यो विषय दलहरूले जतिखेर संविधान संशोधनको काम शुरु गर्छन् हामी त्यो बेला उठाउने छौं ।’
महासंघको आन्दोलन शिक्षा मन्त्रीले गरेको सहमतीका आधारमा नटुगिंने भएपनि मन्त्रालय मार्फत् सम्वाद शुरु भएको कुरालाइ सकारात्मक रूपमा लिदैं अब गर्ने कामको कार्यतालिका बनाउने शिक्षा मन्त्रालय र महासंघ बिच समझदारी भएको छ । विधेयकको अहिलेको अवस्था, महासंघको माग अनुसार राज्यकोषमा पर्ने थप आर्थिक दायित्व र भार, ऐन पारित गर्ने संसदीय प्रकृयाको समय लगायतका विषयलाई तालिका बनाएर लिपीवद्ध गर्ने काम शुरु गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।
आन्दोलन परिचालन समितिकी संयोजक एवं महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासचिव तुला बहादुर थापा, उपमहासचिव मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल सहितको टोलीले मन्त्रालय पुगेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई सम्बोधन गरिएको पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?