ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बुटवल, २९ चैत ।
नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले अलराउन्डर दीपेन्द्र सिंह ऐरीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका छन् । खराब प्रदर्शनबाट गुज्रिरहेका भुर्तेलले पुनः उत्कृष्ट लयलाई कायम राखेका छन् ।
बिहीबार बिहान भएको टी–२० सिरिजअन्तर्गत कुवेतविरुद्धको खेलमा भुर्तेलले ५० बलमा ८१ रन बनाउँदा नेपालका लागि सबैभन्दा बढी अर्धशतक बनाउने कीर्तिमान रचेका हुन् । यसअघि यो कीर्तिमान दीपेन्द्रको नाममा थियो । दीपेन्द्रले टी–२० मा १० अर्धशतक प्रहार गरेका छन् । तर भुर्तेलले कुवेतविरुद्ध अर्धशतक बनाएसँगै उनको अन्तर्राष्ट्रिय अर्धशतक ११ पुगेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्र दुवै समान एक एक सतक प्रहार गरेका छन् । ५४ खेल खेलेका कुशलले नटआउट १०४ र ६६ खेलमा ब्याटिङ गरेको दीपेन्द्रले नटआउट ११० रन बनाएका छन् । कुवेतविरुद्ध नै अर्धशतक बनाएका ओपनर आसिफ शेख पनि ७ अर्धशतकसहित तेस्रो स्थानमा छन् । कप्तान रोहित पौडेलको पनि समान ७ अर्धशतक छ । त्यसपछि पूर्वकप्तान पारस खड्का र कुशल मल्लले समान ५ अर्धशतक प्रहार गरेका छन् ।

नेपाल र कुवेतबीच अहिलेसम्मकै उच्च स्कोर बनेको खेलमा नेपालले १८६ रनको लक्ष्य पूरा गरेको थियो । यो खेलमा दुवै टोलीको गरी ३७१ रन बन्यो। टी–२० मा एकै खेलमा यी दुई टोलीले बनाएको यो नै उच्च स्कोर हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्रै ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरे । आसिफले ३८ बलमा ५३ रन जोडे । उनले २ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?