ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

युवा जति विदेश पलायन, मुलुक कता जाँदैछ ?

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

केही बर्षदेखि विदेश जानेको लहर बढेको छ । काठमाण्डौ बिमानस्थलमा प्रत्येक दिन विदेश उडनेको भीड देख्न सकिन्छ । हालै मात्र होइन बैदेशिक रोजगारका निम्ति बिदेश लाग्नेको भीड वर्षौं देखि चलिरहेको छ । प्रजातन्त्रको आगमनसँगै बिभिन्न देशमा सरकारले बैदेशिक रोजगारको सम्झौता बढाएसँगै यसरी बैदशिक रोजगारका निम्ति भीड निरन्तर बढदै गएको हो । बिगतमा नेपाली यूवाहरू फाट्ट फुट्ट ताइवान, मलेसिया, कतार जाने गर्थे तर मेला नै लाग्नेगरी बिदेश जानेको भीड बढन थालेको चाहिँ प्रजातन्त्रपछि नै हो । करिब तिन दशक पहिले बिदेश जानुभन्दा नेपालमै केही गर्नेको संख्या धेरै थियो । अहिले भने नेपालमा केही गर्न सकिँंदैन भन्नेको संख्या अधिकतम छ । बिगतमा बिदेश जाने भनेको कि त ब्रिटिस आर्मीमा भर्ती भएर जानेहरू थिए कि त ठूला ब्यापारीहरू र हङकङ, सिंगापुर फेन्सी सामान लिन भरियाका रूपमा केही मानिसहरूलाई लिएर केही दिनका लागि जाने गर्थे । अहिले ती कुराहरू कथा बनेका छन । पछिल्लो पिँंढीलाई त यो कुरा थाहा पनि छैन । अहिले दुईसय भन्दा धेरै देशमा नेपालीहरू छापछाप्ती छाइएका छन । यो गतिबिधिलाई हामीले राम्रो भन्ने कि नराम्रो ।

करिब दुई दशक अगाडी बेलायत सरकारले यस्तो नियम ल्यायो कि बिगतका बेलायती सेना तथा उनका परिवारहरूले चाहेमा हडकङ वा बेलायत फर्केर बस्न पाउने भए । त्यो समयमा जस्का कागजपत्र थिए उनीहरू हाम फाल्दै हङकङ र बेलायत गैरहे । रिटायर भएर नेपाल फर्केर स्थाई रूपले बसोबास गरिरहेका भूतपूर्व सेना तथा उनका परिवार पनि पुनः फर्केर बेलायतमै बसोबास गर्न गए । योमात्रै होइन त्यतिबेलासम्म नेपालमा कुनै नीति नबनेका कारण धमाधम नेपालको सम्पत्ति बेचेर बेलायतमै घर किनेर स्थायी रूपमा उतै बस्न लागे । हाल बेलायतमा नेपालीको बाक्लो बसाई छ । उनीहरू त्यहिँ पेन्सन बुझेर वा काम गर्ने गरी खुशीका साथ जीवन बिताइरहेका छन । वास्तवमा हङकङ यस्तो ठाउँ हो जहाँ बेलायतले चाइनासंँग १०० सय बर्षको लागि जिम्मा लिएको थियो । जुन १०० बर्ष पुगेपछि फिर्ता गर्नैपर्ने थियो र फिर्ता गर्यो पनि र त्यहाँ रहेका भूतपूर्व सेना तथा उनका परिवारलाई बेलायमा बस्न जाने कि स्थाईरूपले हङकङमै बस्ने भनि छनोट गर्न पाउने मौका दियो । त्यसपछि भूतपूर्व सेना तथा उनको परिवारमध्ये कति बेलायतमा गइ बसे भने कोही हङकङमै बसोबास गरे । बेलायतको अधिन सकिएपछि हङकङमा बसीरहेका नागरिकले हङकङलाई चाइनाको अधिनमा नभएर स्वतन्त्र राष्ट्र हुनुपर्छ भनि लगातार आवाज उठाईरहेका छन तर उनीहरूको यो चाहना सजिलै पूरा हुनसक्ने देखिँदैन । अचेल त यो आवाज पनि कमजोर हुँदेै गैरहेको छ । आफनो जन्मभुमि बिर्सेर, जन्मघरलाई भग्नाबेशष बनाएर नेपालीहरू सेवा सुविधा र सिस्टममा रहेको भन्दै उतै बसोबास गरिरहेका छन ।

पछिल्लोसमय अध्ययनका लागि अष्टे«लिया वा अमेरिका जस्ता देशमा जानेको लहर केही समय पहिलेदेखि नै चल्यो । बेलायत, जापान तथा युरोपका विभिन्न देशमा जानेको लहर अहिले पनि चलिरहेको छ । प्लस टु पास गर्नासाथ प्रत्येक विद्यार्थीको एउटै उद्देश्य रहेको छ कि देश छोडेर विदेश गएर पढाइ गर्ने । यो सबै कारणले नेपालका कलेजहरूमा ब्याचलर पढने बिद्यार्थी नै नपाएर कतिपय कलेज हाल खाली हुन थालेका छन । बिद्यार्थी बिदेसिने यस्तो अवस्थालाई रोक्नका लागि हाल नेपाल सरकारले बाहिर पढ्न जान ब्याचलर गर्नुपर्ने नियम ल्यायो । तर ठूलो ब्यापारका रूपमा कन्सल्टेन्सी चलाएकाहरूको बिरोधका कारण त्यो निर्णय पनि सरकारले फिर्ता ग¥यो । अहिले प्रत्येक दिन बिमानस्थलमा लावालस्करका साथ बाहिर पढ्न र रोजगारीका लागि बिदेश जानेको भीड लागिरहेको छ । कहिलेसम्म यसरी बाहिर जानेको भीड चलीरहने हो र देशमा यूवाहरू नै सकिने हुन कि भन्ने प्रश्न खडा भएको छ । यतिखेर एकाधघर छोडेर सबै बिदेशमै छन । साउदी, कतार, कोरिया, कुबेत, मलेसिया, दुबईजस्ता देशमा रोजगारका निम्ति गएकाहरू त फिर्ता आउलान तर अन्य देश जापान, अमेरिका, बेलायत, क्यानडा, अस्टे«लिया तथा युरोपका राम्रा देश गएकाहरू फर्केर आउने अवस्था देखिँँंदैन । अझै अर्को समस्या देखिएको छ, त्यो के भने नेपालमै उच्च शिक्षा हासिल गरेका र नेपालमै केही गरेकाहरू पनि फुत्त फुत्त क्यानडा, अमेरिका, लण्डन आदी जस्ता देशमा परिवार सहित बसाई सरिरहेका छन । यो अवस्था हेर्दा मुलुक कता जांदै छ ? राम्रा र ट्यालेण्ट छानेर देशका युवायुवती बिदेशले तानीरहेको छ ।

हाम्रा नेताहरू तमासे बनीरहेका छन । हुन त यिनै नेताका नीति नियम, यिनैको भ्रष्टाचार र यिनैको दमन हेर्न, सुन्न र सहन नसकेर नै युवाहरू देशबाट अन्य देशमा भागिरहेका छन । यतिखेर नेपालका घरघरमा बृद्ध बाउआमालाई स्याहारसुसार गर्ने र औषधी मुलो गर्ने सन्तान छैनन् । बाउआमालाई बेलामौकामा तेल भिसा वा भिजिट भिसा मिलाएर बिदेश घुम्न बोलाएपनि त्यो क्षणिक हो । धेरै बसे एक बर्ष बस्छन । बृद्धहरू बिभिन्न देशका भाषा नजान्ने, धर्म संस्कृति नमिल्ने त्यहाँको खानपिन अनि मौसम मन नपराउने र आफ्नो देश तथा आफन्तको यादले सताउने जस्ता कारण धेरै बस्न सक्दैनन् । जति दुःख पाएपनि बृद्धहरू आफनै मुलुक फर्किएर आउँंछन । अहिले नेपालीहरूका चाडपर्व पनि ओझेलमा परेका छन । बुढाबुढी घरमा छन अनि छोराछोरी प्रदेशमा अनि बृद्धहरू उनका सन्तानको आउने बाटो हेर्दै मन दुखाएर उनीहरूका चाडपर्वहरू सकिने गरेका छन । एउटा छोरा वा छोरी बिदेशबाट आएपनि अर्को आउँदैन । नेपाललाई रेमिटेन्स आको छ, परिवारलाई आर्थिक सहयोग त पुगेको छ, तर पैसाले सबै काम गर्दैन । भनिन्छ नि पैसा साधन हो साध्य होइन । बृद्धहरूको स्याहार सुसार गर्न पैसा भएपनि गर्नेमान्छे पाईंदैन । काम गर्ने मानिस कहीँ कतै कसैले भेटाएपनि सन्तानले गर्ने माया मोह जस्तो बाहिरकाको हुंँदैन । बिदेश जाने लहरसंँगै गाउंँबस्ती नै खाली भएका छन । बिदेशका पैसाले शहरमा बिल्डिङ बनेका छन तर देशमा बसिरहेका बाउआमा सुगर, प्रेसर, मुटु, थाइराइड जस्ता रोगबाट पीडित छन । कत्तिका औषधी किनेर ल्याइदिने आफन्तसम्म छैनन् । खानामा मेसो मिलाएर खान दिने आफन्त छैनन् । बुढोलाई बुढीको भर र बुढीलाई बुढोको भर गरी बाँचीरहेका बृद्धहरू धेरै छन भने आपसमा छुट्टीएका बुढाबुढीहरूको अर्को बिलाप छ । अहिले नेपालका घरघरमा यस्तो अवस्था छ ।

सरकार चलाउने नेताले देश खोक्रो पारे । देश बनाउने युवाशक्ति अर्काको देश बनाउन पुगेका छन । राजनीति पूरा फोहरी खेल बनेको छ । जुनसुकै भएपनि राजनीतिक आस्था नबोकी कसैलाई बाँच्न छैन । आस्था अनुसार टाउके नेताहरूले जेजस्तो काम गरेपनि सही नै गरेको भन्नुपर्छ । देश दलाल, गुण्डा र भ्रष्टाचारीले चलाएका छन । स्वाभिमानी र इमान्दार मान्छे यो देशमा बांँच्न सक्दैनन् । देशको अबस्था यस्तो भएपछि युवा शक्ति बिदेसिनु बाहेक अर्को बिकल्प नदेखेर प्रत्येक दिन बिदेसिनेको भिड लाग्ने गरेको छ । स्वयं नेताहरूले नै देशमा सन्तानको भबिष्य नदेखेर बिदेश पठाएको अवस्थामा अन्य टयालेण्ट युवाहरू बिदेसिँंदा मौन बस्नु बाहेक अरू के पो गर्न सक्छन र । अब मुलुक कता जांँदै छ ? युरोप अमेरिकाको बिकास हेरेका नेताहरू हाम्रो देश त्यस्तै बनाउने तिर कहिले सोच्ने ? अब आउने नेता कोही त्यस्तो जन्मेको छ त ? एकाध होलान् तर उनीहरू सधै अल्पमतमा पर्छन् र उनीहरूले केहि गर्न नै पाउंँदैनन् । अब सबै नेपालीले यस बिषयमा गम्भीरताका साथ सोच्ने र अघि बढ्नुपर्ने बेला भएन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?