ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सरकारको स्पीड कम भयोः महामन्त्री थापा

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

बुटवल, २८ चैत ।
नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनीधि सभा सदस्य गगन थापाले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताएका छन् । संख्याका हिसाबले सबैभन्दा शक्तिशाली सरकारले आफ्नो शक्तिअनुसारको काम गरेर देखाउन नसकेको बताएका हुन् ।नेपाली काँग्रेस रूपन्देही क्षेत्र नं. १ को बुधबार देवदहमा भएको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद र सरकारका लागि अझै दुई अढाई वर्ष बाँकी रहेकाले समयको सदुयोग गरेर सरकारको डेलीवरी दिन र संसदलाई विजनेश दिन आग्रह गरे । काँग्रेस एमालेको संयुक्त सरकार रहेकाले आफूहरूले सरकारलाई सहयोग र खवरदारी सँगसँगै गर्ने बताउँदै उनले भने–‘आज देशमा धेरै समस्याहरू छन्, सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा छ, रोजगारीको समस्या छ । सरकारको स्पिड पुगेन, डुल्ने घुम्ने कुरा छाडदिनुहोस, काम गर्नुहोस् ।’ ‘बैंकमा यतिधेरै पैसा छ तर लोन लिन कोही जाँदैन, यहाँ केही हुँदैन बाहिरै जानुपर्छ भन्ने राष्ट्रिय रूपमै मनोविज्ञान बनेको छ ।’ उनले थपे–‘उद्यमशिलता कसरी विकास गर्ने, वेरोजगार युवालाई राम्रो आम्दानी सहितको रोजगारी कसरी सिर्जना गर्ने भन्ने तर्फ हाम्रो ध्यान जान आवश्यक छ ।’

सरकारले ठिक ढंगले काम गरेको भए शिक्षकहरू आन्दोलित हुन नपर्ने बताउँदै भने–‘विँड तातेर मात्रै नहुनेरहेछ, ताप्के तात्नुपर्दो रहेछ ।’ उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ गर्नुपर्ने बताए । संविधानमा धेरै कुराहरू रहेको बताउँदै दश वर्षको अनुभवले संविधान भित्रका केही अन्तरबस्तुहरूलाई सुधार गर्नुपर्ने भनाइ राखे । ‘प्रणालीमा समस्या छ, जनप्रतिनिधिको संस्था धेरै छ, यति धेरै चाहिँदैन, संघीयता ठिक छ तर हामी टाउकाले टेकेर उभिएका छौं, खुट्टाले टेकेर उभिने बनाउनु पर्नेछ । होईन भने चल्दैन टिक्दैन, प्रदेशलाई पनि आफ्नै खुट्टामा उभिने बनाउनु पर्नेछ । प्रदेश संरचनालाई पनि संक्षिप्त र चुस्त बनाउनु पर्नेछ ।’ सरकारले यी कुरामा ध्यान दिनुपर्ने बताउँदै त्यसतर्फ छलफल र बहस आजको आवश्यकता भएको उनले थपे ।

महामन्त्री थापाले पार्टीको १५ औं महाधिवेशन २०८३ मंसिर भित्रै हुने दाबी गर्दै त्यसका लागि समयमै क्रियाशिल नवीकरण गरेर पार्टीलाई चुस्त बनाउन आग्रह गरे । पार्टीभित्र चरम गुटवन्दी रहेको बताउँदै पार्टीको विधि र पद्दतीमा रहेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी भित्रको आन्तरिक गुटवन्दीले पार्टीलाई धेरै कमजोर बनाएको बताउँदै उनले भने–‘पार्टी भित्र चरम गुटबन्दी छ, केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडा, टोल त्यतिमात्रै होईन, भात्री संगठन र शुभेच्छुक संस्थामा पनि चरम गुटबन्दी छ ।’ क्षेत्रीय सभापति हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेस र लोकतन्त्र एक अर्काका पर्यावाची रहेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउन बलियो नेपाली काँग्रेस आवश्यक रहेको भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?