ट्रेंडिंग:

>> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

प्राकृतिक श्रोतमाथि दोहन नियन्त्रण गर

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

रूपन्देही जिल्लाका विभिन्न नदीहरूबाट नदीजन्य पदार्थ चोरी तस्करी भैरहेको देखिएको छ । पछिल्लोपटक रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ र ७ बाट प्रहरीले नदीजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएको छ । त्यसैगरी रूपन्देहीकै अमुवा क्षेत्रबाट तिनाउ नदीमा दोहन गर्ने सवारीका साधन समेत नियन्त्रणमा लिएको छ । लुम्बिनी नजिकको भर्तापुरमा पनि प्रहरीले नदीजन्य पदार्थ चोरीमा संलग्न जेसीबी र टिप्पर नियन्त्रणमा लिएको छ । पछिल्ला यी तथ्याँकले रूपन्देहीका विभिन्न नदीहरूबाट नदीजन्य पदार्थ बालुवा, मिस्कट, गिट्टी लगायत माटो समय चोरी हुने गरेको देखाएको छ । नदीजन्य पदार्थ चोरी तस्करी नियन्त्रणमा प्रहरी प्रशासनले ध्यान नदिँदा नै समस्या बढिरहेको देखिएको छ । तराईमा अहिले गर्मी सुरु भैसकेको छ । पालिकाहरूले नदीजन्य पदार्थको ठेक्का समयमै लगाउन नसक्दा एकातिर राजस्व गुमेको छ भने अर्कोतिर चोरी तस्करी बढेको छ । त्यसो त रूपन्देहीमा मात्रै होइन, लुम्बिनी प्रदेशका विभिन्न ठूला नदीबाट भैरहेको दोहन रोकिएको छैन । यसले के देखाउँछ भने नेपालका नदीबाट नदीजन्य पदार्थको उत्खनन बढ्दो छ । चुरे बिनासको क्रम बढेको छ । जमिनमुनीको पानीको उपयोगमा लापरवाहीले समस्या निम्त्याउँदैछ । संरक्षणमा लापरवाही छ । यहाँको जंगल, जडीबुटी, पानी तथा भौगोलिक अवस्थाको उपयोग हुन सकेको छैन् । प्रकृतिले सित्तैमा दिएको प्राकृतिक स्रोतको दिगो र व्यवस्थितरूपमा उपयोग गर्ने रणनीति तर्जुमा र कार्यान्वयन हुन सकेको छैन ।

प्राकृतिक स्रोतको उपयोग मात्र राम्रोसँग गर्न सके हाम्रो मुलुक समृद्ध हुने राजनीतिज्ञ तथा नीति निर्माताहरूलाई राम्रोसँग ज्ञान भएपनि उनीहरूले यसमा ध्यान दिएको पाईएको छैन् । यो बिषयमा अव नयाँ ढंगले र गंभीर भएर सोच्नु जरुरी छ ।
नेपालका प्राकृतिक श्रोत र सम्पदा संरक्षणमा बेवास्ता तथा समयमै उपयोग हुन नसक्दा नेपालको अमूल्य पदार्थ त्यसै खेर गईरहेको छ । बर्षेनी हजारौं घनमिटर नदीजन्य पदार्थ बगेर भारत पुगीरहेको छ । वनको अवस्था पनि त्यही छ । हरियो वन नेपालको धन भनिएपनि यसबाट नेपालले प्रतिफल लिन सक्ने अवस्था छैन् । वनको संरक्षण हुन नसक्दा आगलागीका घटना बढ्दै गएका छन् । त्यस्तै जलस्रोतमा दोस्रो धनी मुलुकको रूपमा रहेको नेपालको कैयौं जमिन उत्पादनयोग्य भएपनि सिंचाइको अभावले बाँझो रहेको छ । हजारौं जातका अमूल्य जडीबुटी नेपालमै पाइन्छ । यसको उपयोग हुन सकेको छैन् । जडीबुटी निर्यात गरेर करोडौं रुपियाँ आर्जन गर्न सकिने सम्भावनालाई नजरअन्दाज गरिएको छ । प्राकृतिक स्रोतको उचित व्यवस्थापन भएमा आयातमुखी हाम्रो देश निर्यातमुखीमा बदलिनेछ, जसका कारण स्वदेशमै आर्थिक समृद्धि हासिल हुनेछ । स्वदेशमा रोजगारी उपलब्ध गराउन सकिनेछ ।

प्राकृतिक स्रोत तथा सम्पदालाई वातावरणीय दृष्टिले नेपालको स्वर्ग भन्दा अत्युक्ति हुँदैन । यहाँको हिमाल, तराई, पहाडले संसारको सबै क्षेत्रमा पाइने वातावरण र प्राकृतिक स्रोतको सम्भावनालाई प्रतिनिधित्व गर्छ । पहिला जमिनमाथि भएको प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरी मुलुक समृद्ध बनाउने दिशामा अघि बढ्न सके पछि उत्खनन गर्नुपर्ने प्राकृतिक स्रोतको उपयोग गरेर मुलुकलाई थप समृद्ध बनाउन सकिन्छ । जति पनि विकसित मुलुकलाई हेर्ने हो भने उनीहरूले प्रकृतिले सित्तैमा दिएको उपहार जल, जमिन, जंगल, जडीबुटीलाई बढीभन्दा बढी उपयोगमा ल्याएकाले नै सफलता प्राप्त गरेका हुन् । नेपालले पनि आफ्नो मुलुकमा रहेको स्रोतलाई दिगो र व्यवस्थितरूपमा उपभोग गर्ने रणनीति तर्जुमा गर्नु आवश्यक छ । यी सवै कामका लागि नेपालको प्राकृतिक श्रोतको उपयोगमा प्राथमिकता दिनु पर्दछ । तर, पछिल्लोसमय प्राकृतिक स्रोतमाथि दोहन बढेको छ । नदीजन्य पदार्थ दोहन नियन्त्रण नगर्ने हो भने यसले भोलिको दिनमा समस्या निम्त्याउने अवस्था छ । तसर्थ सम्वन्धित निकायको समयमै ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?