Butwal Today

नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोड ठगी

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

बाँके, चैत्र २८ गते ।

यातायात व्यवास्था कार्यालय बाँकेका चार जनालाई बुधवार पक्राउ गरिएको छ । नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोडको कारोबार गर्दै आएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको बारेमा सोमबार सुचना र उजुरी अख्तियार अनुसन्धान कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको संयुक्त टोली खटिइ बुधवार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय नेपालगंजका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगंज, बाँकेका नायव सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राईभिङ्ग सेन्टर नेपालगञ्जका सञ्चालक शरदकुमार गोराथोकीलाई उनले प्रयोग गर्ने विद्युतीय उपकरण सहित पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।