Butwal Today

टी–२० श्रृङ्खलामा नेपालको लगातार दोस्रो जित, शनिवार हङकङसँग खेल्ने

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाण्डौ ।

हङकङमा जारी टी–२० श्रृङ्खलामा नेपाल लगातार दोस्रो पटक विजयी भएको आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

नेपालले पहिलो खेलअन्तर्गत हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो । योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्‍याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ ।

कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए । आसिफ शेखले ५३ रन जोडे । हङकङका यासिन पटेलले दुई विकेट लिए ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?