Butwal Today

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

बुटवल, २८ चैत ।

चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम गर्नुका साथै भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ ।

बिगतदेखि नै समाजले भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिंदै आएको समाजकी अध्यक्ष गीता ज्ञवालीले जानकारी दिइन् ।

कार्यक्रमको उदघाटन गर्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष काजीबाबु ज्ञवालीले चिदिकाबाट बसाईसराई गरी रुपन्देही लगायत विभिन्न जिल्लामा छरिएर रहेका व्यक्तिहरुले गरिरहेको रचनात्मक कार्यको प्रशंसा गरे ।

नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आगामी दिनमा समाजका गतिविधिलाई अझै प्रभावकारी बनाउन समेत सुझाव दिए ।

त्यस अवसरमा समाजका निवर्तमान अध्यक्ष केशवराज पन्थी, पुर्व अध्यक्ष इश्वरी ज्ञवाली, संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, सल्लाहकारहरु नेत्रप्रसाद पन्थी, अर्जुन ज्ञवाली, पूर्व गाविस उपाध्यक्ष मोतीलाल नेपाल, समाजका उपाध्यक्ष कमल अर्याल, क्यालेन्डर प्रकाशन समितिका संयोजक पवन ज्ञवाली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

समाजले बिगतदेखि नै रक्तदान, गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरणलगायतका विभिन्न सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको अध्यक्ष गीता ज्ञवालीले बताइन् ।