ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गुल्मीमा मृगौला पीडितलाई चार लाख भन्दा बढीको सहयोग

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

गुल्मी, २८ चैत ।
मृगौला पीडित गुल्मी चन्द्रकोटकी एक महिलालाई गुल्मी जिल्ला समाज युकेले चार लाख १६ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । दुबै मृगौलाबाट पीडित बनेकी जिल्लाको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरकी कमला थापामगर खत्रीलाई समाजको तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।गुल्मी जिल्ला समाजको आव्हानमा वेलायतमा सङ्कलन गरिएको उक्त रकम काठमाडौंमा उपचारत पीडितलाई हस्तान्तरण गरिएको सहयोग सङ्कलन संयोजक एवं समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले जानकारी दिएका छन् ।

दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएपछि उनको परिवारको आग्रहमा कमला बचाउँ अभियान सञ्चालन गरी समाजको तर्फबाट वेलायतमा आर्थिक रकम सङ्कलन गरिएको थियो । बिरामी बनेपछि उहाँको मेरुदण्डमा समेत समस्या देखिएका कारण कमलाको कम्मरभन्दा तलको भाग चल्दैन । शुरु शुरुमा उपचारका लागि परिवारबाट सक्दो प्रयास गरेपनि उनको उपचार निकै खर्चिलो भएपछि परिवारले सहयोगका लागि समाजसँग आग्रह गरेको संयोजक थापाले बताए ।

गुल्मी जिल्ला समाज युकेको तर्फबाट समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे तथा कार्यसमितिको तर्फबाट सहयोगदातालाई उपचारमा सहयोग गर्न आग्रह गरिएको थियो । समाजले पठाएको उक्त रकम समाजको तर्फबाट रूपा राना र पिन्की रानालाई काठमाण्डौमा उपचाररत पीडितसँग पुगेर चेक मार्फत रकम उपलब्ध गराईएको थियो । रकम प्राप्त गरेपछि कमलाले अब आफुलाई बाच्ने आशा पलाएको भन्दै सहयोग गर्नेहरूलाई मनैदेखि आभार व्यक्त गरेको बताईन । ‘सेवा नै पुण्य धर्म हो‘ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्र्र्दै गुल्मी जिल्ला समाजले आफ्नो स्थापनादेखि जिल्ला र जिल्ला बाहिर समेत शिक्षा, स्वास्थ्य तथा विभिन्न विभिन्न विपद तथा प्रकोपहरूमा व्यक्ति एवं संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।

गुल्मी जिल्ला समाज युकेले शुरु गरेको सहयोग सङ्कलन अभियानका ७६ जना व्यक्तिहरू जोडिएका थिए । सहयोग सङ्कलन अभियानका संयोजक थापा काउछाले मनैदेखि हयोग गर्ने सबैलाई समाजको तर्फबाट धन्यवाद दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?