Butwal Today

अर्घाखाँचीमा चट्याङ लागेर एक वृद्धको मृत्यु

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

अर्घाखाँची, २८ चैत ।

जिल्लाको भूमिकास्थान नगरपालिका–१० लिसेपानीमा चट्याङ लागेर ७२ वर्षीय यमबहादुर घर्तीको ज्यान गएको छ। आफ्नै घरको दलानमा बसिरहेका घर्तीलाई चट्याङ लागेपछि बेहोस अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

अस्थायी धनचौर प्रहरी चौकीले तत्काल उद्धार गरी जिल्ला अस्पताल पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए।

घटनामा मृतकको घरको भित्तामा समेत क्षति पुगेको छ। चट्याङको आवाजसँगै स्थानीयमा त्रास फैलिएको थियो। प्रहरीका अनुसार हालसालै जिल्लाका अन्य स्थानहरूमा पनि चट्याङ र असिना वर्षाको प्रभाव देखिएको छ, जसले जनजीवनमा असर पारेको छ।