Butwal Today

लुम्बिनी कपमा विजेतालाई ५ लाख पुरस्कार

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

नेपालगन्ज, २८ चैत ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेता टिमले पाँच लाख बढी पुरस्कार पाउने भएकाछन् । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै पुरस्कार राशी तथा प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो ।बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रूपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका कार्यकारी निर्देक शाहले बताए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे उनले खेलमा यो प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताए । नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट व्यवस्था गरिएको छ । साथै विद्यार्थीहरूको लागि सहुलियतको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको व्यवस्था गरिएको छ । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताए । प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरूसँग सम्झौता पत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार टिकट पार्टनर इसेवा नेपालगन्ज शाखाका म्यानेजर महेन्द्र राना, हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका संचालक दुर्गा नाथ अर्याल, अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डाक्टर खेमा भण्डारी, सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्री र प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई सम्झौता पत्र हस्तान्तरण गरिएका थियो ।