Butwal Today

बुटवल उद्योग बाणिज्य संघ इलेक्ट्रोनिक्स वस्तुगत समितिको शुभकामना कार्यक्रम

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

बुटवल, २७ चैत

बुटवल उद्योग बाणिज्य संघ इलेक्ट्रोनिक्स वस्तुगत समितिको आयोजनामा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेन्डर विमोचन गरिएको छ ।

संघमा समितिका सभापत सुशिल प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, बाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष वसन्त प्रसाद ढकाल, सह कोषाध्यक्ष धनकुमारी खनाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा उप समितिका उप सभापति नारायण रायमाझी, व्यवसायीको तर्फबाट मदन भण्डारी, महेन्द्र प्रसाद श्रेष्ठ, शिशिर पौडेल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?