© २०२३
बुटवल, २७ चैत । पर्वत–रुपन्देही सेवा समाज, बुटवल नगर समितिको छैठौ साधारण सभा तथा तेस्रो अधिवेसन बुधबार बुटवलमा सम्पन्न भएको छ । अधिवेसनको समाजका केन्द्रिय अध्यक्ष केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले उद्घाटन गर्दै एकआपसमा आपसी सद्भाव, सहयोग र समाजसेवामा अझ सशक्त रूपमा संस्था लाग्नुपर्नेमा सुझाव दिए । अधिवेशनमा संस्थाको विगतको गतिविधि, आर्थिक विवरण तथा भावी योजनाबारे विशेष छलफल गरेर अघि बढ्नुपर्ने उनले बताए । सामाजिक क्षेत्रमा देखिएका चुनौतीहरुको बारेमा प्रकाश पार्दै उनले संस्थालाई सामाजिक रूपान्तरणको माध्यम बनाउँदै निरन्तर सक्रिय रहन आग्रह गरे ।
कार्यक्रममा संस्थाको वार्षिक कार्यप्रगति अध्यक्ष उषा प्रधान श्रेष्ठले प्रस्तुत गर्दै पर्वतबाट रुपन्देही बसोबास गर्दै आएकाहरुलाई संस्थामा गोलबद्ध गर्दै भातृत्व विकास, संस्कृति जर्गेना र सामाजिक कार्यमा अग्रसर गराउन सफल भएको बताईन ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पराजुलीले संस्था स्थापना कालदेखि नै समुदायको हितका लागि उल्लेखनीय कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा थप सक्रियता जरुरी रहेको बताए ।
यसैबिच अधिवेसनबाट उषा प्रधान श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष जय पौडेल, उपाध्यक्ष कृष्ण भुषाल, सचिव उमा पौडेल, कोषाध्यक्ष बुद्धि प्रसाद पौडेल शर्मा, सहसचिव इश्वर कुमार नेवार तथा सदस्यहरुमा तारापति भट्टराई, कृष्ण प्रसाद न्यौपाने, टोपला न्यौपाने, लक्ष्मी भुसाल तिवारी, जुना भुसाल, लक्ष्मीदेवि न्यौपाने रेग्मी, चन्द्र केसी, सीता श्रेष्ठ, दिपक पौडेल, राजाराम तिवारी, तीर्थ प्रसाद उपाध्याय, मातृका तिवारी, राम प्रसाद गुरागाई, जीवन कुमार बरुवाल र तिलक प्रसाद पराजुली रहेको निर्वाचन समितिका संयोजक राम प्रसाद रेग्मीले बताए ।
यसैगरि अधिवेसनबाट चन्द्र प्रकाश शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा नं. ११ को समिति गठन गरेको छ । जसको उपाध्यक्षमा राजु प्रसाद अधिकारी, सचिव नेत्र प्रसाद भट्टराई, सहसचिव रबिलाल सुवेदी, कोषाध्यक्ष बेल बहादुर थापा, सदस्यहरुमा देव शर्मा, जितेन्द्र राज शर्मा, पुर्णलाल श्रेष्ठ, शोभा गौतम, बालकृष्ण भट्टराई, राजु तिवारी सर्वसम्मत चयन भएका छन ।
कार्यक्रममा सचिव कृष्ण भुषालले संस्थाबाट विभिन्न सामाजिक कार्य, रक्तदान कार्यक्रम र विपद् सचेतनाका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको बताए ।