Butwal Today

नगर विकास समितिका सहायक लेखापाल अख्तियारको नियन्त्रणमा

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

सुर्खेत, २७ चैत ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय, सुर्खेतले सुर्खेत उपत्यकानगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएको छ ।

समितिको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म संकलन गरेको राजस्व रकमहिनामिना गरेको उजुरी निवेदनकाआधारमाअख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।

रानालाई उपत्यकानगर विकास समितिको कार्यालयबाट आजदिउँसो नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतका सूचनाअधिकारी धर्मरमज खत्रीले जानकारी दिए ।

उनलाई आजदिउँसो नियन्त्रणमा लिई थप अनुसन्धानभइरहेको आयोगले जनाएको छ ।