© २०२३
सुर्खेत, २७ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय, सुर्खेतले सुर्खेत उपत्यकानगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर रानालाई नियन्त्रणमा लिएको छ ।
समितिको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म संकलन गरेको राजस्व रकमहिनामिना गरेको उजुरी निवेदनकाआधारमाअख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।
रानालाई उपत्यकानगर विकास समितिको कार्यालयबाट आजदिउँसो नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतका सूचनाअधिकारी धर्मरमज खत्रीले जानकारी दिए ।
उनलाई आजदिउँसो नियन्त्रणमा लिई थप अनुसन्धानभइरहेको आयोगले जनाएको छ ।