© २०२३
बुटवल, २७ चैत ।
बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र देवदह क्रिकेट एकेडेमी विजयी भएका छन । वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुधबार भएको पहिलो खेलमा रुपन्देही क्रिकेट एकेडेमीले वेस्टर्न क्रिकेट एकेडेमीलाई १४ रन तथा तथा दोस्रो खेलमा देवदह क्रिकेट युनिटले नवज्योती एकेडेमीलाई १६ रनले पराजित गरेको हो ।
नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा रुपन्देहीले टस जितेर ब्याटिङ रोजेर निर्धारित २० ओभरमा ५ बिकेटको नोक्सानीमा ११३ रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका ओपनर सामु मोहमद खानले १७ बलमा १४ रन, सोयब हसन मुसलमानले २३ बलमा नटआउट ३३ रनको योगदान दिए । वेस्टर्नका सम्राट पोखरेलले ४ तथा सुप्रिम कंडेलले १ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेस्टर्न २० ओभरमा ७ बिकेटको नोक्सानीमा केवल ९९ रनमा समेटियो । वेस्टर्नका ओपनर स्वीकृत पौडेलले ३८ बलमा ३३ रन, सुगम केसीले ३४ बलमा ३२ रनको योगदान दिए । कम स्कोरमा रोक्न रुपन्देहीका सरिक अलि, मुसलमान, सत्यम हरिजन र भानुभक्त पाण्डेयले समान २–२ बिकेट लिए । खेलमा रुपन्देहीका भानुभक्त पाण्डेय प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर देवदहले निर्धारित २० ओभरमा ३ बिकेटको नोक्सानीमा १३५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रोहित कुवरले नटआउट ८८ रनको पारी खेले । कुवरले ७४ बलमा १२ चौकाको मद्यतले आफनो अर्धसतक पुरा गरेका थिए । यसैगरि क्रिस केसीले २७ बलमा १९ रनको योगदान दिए । नवज्योतीका अश्वदीप सिहले २, इमरान खानले १ बिकेट लिए ।
नवज्योती निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११९ रनमा समेटियो । फुलचन्दले ३० बलमा १९ रन तथा प्रिन्स शाहनीले ६९ रनमा ६१ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका क्रिस केसीले ३ बिकेट लिए । देवदहका रोहित कुवर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।