Butwal Today

नेप्से परिसूचक ९.६६ अंकले वृद्धि

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

२७ चैत, बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेर २६७६ अंकमा कायम भएको छ। यसदिन, नेप्से परिसूचक दिउँसो ११:४४ बजे २७०१ अंकसम्म पुगेको थियो, तर टिक्न सकेन।

यस दिन कारोबार रकम ४ अर्ब ४४ करोड रुपैयाँमा खुम्चिएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ३० करोडको कारोबारको तुलनामा कम हो। १५४ कम्पनीको मूल्य वृद्धि भएको छ भने ९० कम्पनीको मूल्य घटेको छ, र एउटाको मूल्य स्थिर रह्यो।

बैंकिङ र व्यापार सेक्टर बाहेक सबै सेक्टरका सूचक बढेका छन्। होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ। विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनन्स, निर्जीवन बीमा, र अन्य सेक्टरका सूचक पनि वृद्धि देखिएको छ।

यस दिन नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। सिन्धु विकास बैंकको मूल्य भने सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको छ।