Butwal Today

काठमाडौं उपत्यकाका केही क्षेत्रमा बर्षा, भोलीसम्म कायम रहने

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २७ चैत ।

प्रदुषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समयपछि काठमाडौं उपत्यकामा बुधबार दिउँसो देखी वर्षा भइरहेको छ।  काठमाडौंको  एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा वर्षा भइरहेको छ।

बुधबार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो बर्षा भोलीसम्म कायम रहनेछ ।