Butwal Today

आम नागरिकको घरमा अब लोडसेडिङ नहुने: सिंचाईमन्त्री खड्का

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले आम नागरिकको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।

उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभएपनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राखे । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विधुत उत्नाले जिकिर गरे। यसका लागि चीन–भारत जस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए । मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?