Butwal Today

अर्घाखाँचीमा ‘पाणिनि तपोभूमि सम्मेलन २०८१’ को उद्घाटन, प्रधानमन्त्री केपी ओलीको उपस्थिती

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका १ र २ को सिमानामा रहेको प्राचीन तपोभूमिमा ‘पाणिनि तपोभूमि सम्मेलन २०८१’ सुरु भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। यो ऐतिहासिक सम्मेलन संस्कृत भाषाको व्याकरणको उत्पत्तिको स्थल पाणिनिलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, धर्मगुरु र संस्कृत भाषाविद्हरूको पनि उपस्थिती थियो। सम्मेलन आगामी दुई दिनसम्म चल्नेछ र यसलाई लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेका छन्।

सम्मेलनले पाणिनि र संस्कृत भाषाको महत्वलाई फैलाउन, साथै नेपाललाई एक ऐतिहासिक र सांस्कृतिक गन्तव्यको रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?