Butwal Today

यु–१९ विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक

२७ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाण्डौ ।

आईसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाण्डौमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । नेपालले पहिलो खेल चैत ३१ गते यूएईसँग खेल्नेछ ।
चैत ३१ गते नै माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र यूएई, वैशाख ५ गते हङकङ र ओमान खेल्ने छन् भने वैशाख ६ गते यूएई र हङकङ प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपालले र यूएईसंग खेल्ने छ ।

वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते यूएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच खेल हुने छ । सबै खेलहरु बिहान साढे ९ बजे शुरू हुने छन् ।