ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना
आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता

फर्साटिकर अन्तिम चारमा

२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

बुटवल, २७ चैत ।
बुटवलमा जारी आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युथ क्लब फर्साटिकर विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । भुपु सैनिक सालघारी समाजको संरक्षकत्व र भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबको आयोजनामा बुधबार भएको खेलमा जनशक्ति युवा क्लब, नवलपरासीलाई ४–० गोल अन्तरले पराजित गर्दै फर्साटिकर युथ क्लब फर्साटिकर सेमीफाईनलमा स्थान बनाएको हो । फर्साटिकरले सिम्रिक युथ क्लबसंग पहिलो सेमीफाईनल खेल्नेछ ।

भुपु सैनिक खेलमैदानमा भएको एकतर्फी खेलमा फर्साटिकरको जितमा बिशाल बिक नायक रहे । उनले खेलमा अलराउण्ड प्रदर्शन गरे । खेलको ८ औ मिनेटमा बिशालले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १९ औ मिनेटमा गणेश हमालले अन्तरलाई दोब्बर गरे । खेलको २६ औ मिनेटमा तारा थापाको आत्मघाती गोलका कारण गोल अन्तर थप बढ्यो । पहिलो हाफमा ३ गोलले पछि परेको जनशक्ति दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ४९ औ मिनेटमा निगम अलीले थप गोल गरे । खेलमा फर्साटिकरका बिशाल बिक प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहिबार सौभाग्य युवा क्लब बुटवल र भैरव स्र्पोटस क्लब नवलपरासीका बिचमा खेल हुने संयोजक शिव कुमार थापाले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष गोपीराम पुनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?