ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

कुशासनलाई जरैदेखि नफाल्दासम्म विकास असंभवः महामन्त्री थापा

२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

गुल्मी, २७ चैत ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान सरकारले कुशासन र भ्रष्ट्राचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन । उनले नागरिकमा सरकारले केही गरेन भन्ने भाष्य निर्माणलाई चिर्नका लागि भ्रष्ट्राचारलाई सफा गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली काँग्रेस गुल्मीको मंगलबार सदरमुकाम तम्घासमा आयोजित तेश्रो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले संजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताए । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने भन्दै राम्रो कामको प्रचार गर्न आफूहरू तयार रहेको बताएका छन् ।

नेपाली काँग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर काँग्रेस थिचियर बस्न नसक्ने बताएका छन । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवार उसैले लिनु पर्ने भन्दै महामनत्री थापाले त्यसको जिम्मेवारी काँग्रेसले नबोक्ने उनको तर्क थियो ।काँग्रेस आत्तियो भने सिँगो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै थापाले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि काँग्रेसको काँधमा आएको बताए । महामन्त्री थापाले देशमा ठूला दलहरूले केही गरेनन् र केही भयन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरणहरू जगाउँदै जानु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाइ भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्रा जावादीहरूलाई आग्रह गरेका थिए । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको बताउँदै शर्माले यस अबस्थामा थुप्रै सम्भावनाका ढोकाहरू सुरू भएको बताए । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेको भन्दै गणतन्त्र सबैको साझा भएको बताएका छन । शर्माले राजावादी शक्तिहरूलाई गर्वमा हैन कर्ममा विश्वास गर्न समेत आग्रह गरे ।
जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू डा. चन्द्रकान्त भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी, चन्द्र केसी, प्रदेश सभापति अमरसिंङ पुन लगायतका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?