Butwal Today

आयोजक भूपु सैनिक अन्तिम चारमा

२६ चैत्र २०८१, मंगलवार
अ+
अ-

बुटवल, २६ चैत ।
भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबको स्वर्ण वर्षको अवसरमा जारी आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगितामा आयोजक भुपू सैनिक क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । भुपु सैनिक सालघारी समाजको संरक्षकत्व मंगलबार भएको खेलमा चादनी युवा क्लबलाई ट्राईबेकरमा पराजित गर्दै आयोजक भुपु अन्तिम चारमा स्थान बनाएको हो ।

भुपु सैनिक खेलमैदानमा भएको रोमान्चक खेलमा आयोजक टिमका कृष्ण राज गुरुङले गोल गर्दैै अग्रता दिलाए । तर त्यो लामोसमयसम्म टिक्न सकेन । चादनीका सन्जु रानाले बराबरी गोल गरे । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
ट्राईबेकरमा आयोजक विजयी भयो । खेलमा आयोजक क्लबका गोलकिपर निशान राना प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

बुधबार फर्साटिकर युथ क्लब फर्साटिकर र जनशक्ति युवा क्लब, नवलपरासीका बिचमा खेल हुने संयोजक शिव कुमार थापाले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष गोपीराम पुनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो ।