© 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना चाँडै स्वदेश फर्कने संकेत दिँदै एक आपत्ति जनक र गम्भीर आरोपहरू लगाएकी छन्। उनले बंगलादेशको वर्तमान अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि तीव्र आलोचना गर्दै, बंगलादेशलाई “आतंकवादी देश” बनाइएको बताएकी छन्।
हसिनाले सामाजिक सञ्जालमार्फत अवामी लिगका सदस्यहरूसँग कुरा गर्दै, आफूलाई जीवित राख्नुको कारण र आगामी दिनमा न्यायको पुनर्स्थापना हुने आशा व्यक्त गरिन्। यस्तै, उनले युनुसलाई जनतालाई कहिल्यै माया नगर्ने र आफ्नो स्वार्थ पूरा गर्न बाहिर विलासी जीवन बिताउने व्यक्ति भनेर आरोप लगाइन्। हसिनाका अनुसार, युनुसले चर्को ब्याजमा ऋण बाँडेर, सत्ताको लालसा मानेर बंगलादेशको वर्तमान स्थिति बिगारेका छन्।
बंगलादेशमा हालैको राजनीतिक अस्थिरता र सामाजिक असमाधानको सन्दर्भमा, हसिनाले भनिन्, “अहिले हाम्रो नेता र कार्यकर्ताको हत्या भइरहेको छ, जसको कुनै वर्णन गर्न सकिन्न।” उनले अवामी लिग र पत्रकारहरूसमेत हिंसा र उत्पीडनको शिकार भएको कुरा उल्लेख गर्दै, “बलात्कार, हत्या र लुटपाटका घटनाहरू रिपोर्ट गर्ने मिडिया नै निशाना बनाइन्छ,” भनिन्।
गत वर्षको अगष्ट महिनामा बंगलादेशका विद्यार्थीहरूको विरोध र आन्दोलनका कारण हसिना १५ वर्षदेखिको सत्ता त्यागेर भारत भाग्न बाध्य भएकी थिइन्। त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
अब, हसिनाले बंगलादेश फर्कनको लागि अवसर आउने आशा गर्दै भविष्यमा न्यायको पुनर्स्थापना हुने बताएकी छन्।