Butwal Today

पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग

२६ चैत्र २०८१, मंगलवार
अ+
अ-

नवलपरासी, २६ चैत ।
जिल्लाको पुरातात्विक क्षेत्रमा निर्माण हुने गरेका भौतिक पूर्वाधार तथा जथाभावी खन्न रोक्नका लागि पुरातात्विक टोलीले स्थानीय निकाय तथा स्थानीय प्रशासनसँग माग गरेको छ । कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा पुरातात्विक क्षेत्रमा अवैध रूपमा भवनहरू बनाउने गरिएको र जथाभावी खनजोत भई रहेको जनाउँदै त्यसलाई रोक्नुपर्ने माग पुरातत्वको टोलीले गरेको हो । गत सातादेखि उक्त क्षेत्रमा पुनः उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चारदेखि कोलनगरको प्राचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराए । उनले भूभौतिक सर्वे अनुसारका प्राचिन पूर्वाधार धमाधम भेटिन थालिएको हुँदा यस क्षेत्रमा अनाधिकृत पूर्वाधार बनाउन नदिनका लागि सबै सरोकारवालासँग उनले आग्रह गरेका थिए । त्यसै गरि पुरातात्विक क्षेत्रका सबै भूमिको नापी गराई लगत विवरण तयार गर्नका लागि पनि आफूले रामग्राम नगरपालिकासँग आग्रह गरिएको बताए । लगत विवरण आएमा आउँदो आर्थिक बर्षको बजेटमै ती क्षेत्रका नम्बरी जग्गा अधिग्रहणका लागि बजेट छुट्टयाउन पुरातत्व विभागले सरकारसँग माग गर्न सक्थ्यो, उनले भने, यसमा नगरपालिकाले सिघ्रता देखाउन प¥यो । अवलोकन गर्न पुगेको उबासंघका टोलीलाई समेत अधिकृत ज्ञवालीले यस क्षेत्रको संरक्षण, प्रवर्धन र पर्यटकिय क्षेत्रको विकासका लागि सबै संघ सस्थाले कृयाशिलता देखाउन आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन् गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको बताउँदै उनले अहिले पनि उत्खनन कार्य एक महिनासम्म चल्ने बताएका थिए । पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरि सकिएको र आर्को थप बगैचाको उत्तर तर्फ टे«न्च लगाउने कार्य भइरहेको उनले देखाएका थिए । पोखरी नजिकै उत्खननबाट हट्टिहरू, धनुबाणमा प्रयोग हुने खालको हाडकै हरियार समेत फेला परेको छ । गत पुसमा उत्खननले महत्वपूर्ण सामग्रीहरू फेला परेका थिए । नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको थियो । यसले उत्खनन टोलीलाई पनि उत्साही बनाएको थियो । स्थानियबासीमा पनि उत्साह थपेको छ, ।

प्राचिन सिल्कन माटाका भाडा, मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरू र खम्बाहरू गाडिएका अवशेष (पोष्टहोल) हरू फेला पर्दै जादा महत्वपुर्ण सिटी रहेको पुरातत्व विदहरूको भनाई रहेको छ । विगतमा ६ सय मिटर लम्बाई ६ सय मिटर चौडाई क्षेत्रफल अनुमान गरिएको थियो, तर अहिले सो क्षेत्र बिस्तार हुँदै १ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई भएको अनुमान गरिएको छ । विगत बर्षमा पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएको छ । बुद्धको मावली भएको उक्त स्थानको खोज अनुसंधानका लागि स्थानीयको मागसँगै युनेस्को लगायत अन्य देशी विदेशीहरूले समेत चासो ब्यक्त गर्दै आएका छन् । कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।

विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह, ब्याग्रपथ,ब्याग्रपुर, बघौरतप्पा, राजधानी रामग्राम, कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । बुद्ध जन्मनु पूर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण (कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरू फेला परेका छन् । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड, पूर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यसमध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।

रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्ठरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिइन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।

महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियाँयात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तले पनि यो कोलिय गणराज्यको राजधानी भएको आधार भइसकेको छ ।