© 2026
बुटवल, २६ चैत । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा एमएससी भारत विजयी भएको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा मंगलबार भएको अन्तिम क्वाटरफाईनल खेलमा हेटौडा एफए मकवानपुरलाई १–० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा प्रवेश गरेको हो ।
विहिबार एमएससी भारतले सेमीफाईनलमा ट्रिनेटि युवा क्लब, वालिङसंग सेमीफाईनल खेल्नेछ । दर्शकले भरिएको सिद्घेश्वर खेल मैदानमा भएको रोमान्चक खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्ली गोल गरिन । खेलको ४४ औ मिनेटमा कर्नर प्रहारलाइ उनले हेडमार्फत जाली चुमाए । खेलमा एमएससीको रुक्मणी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन।
बुधबार पहिलो सेमीफाईनलमा आयोजक बिसपचहत्तर युवा क्लब र राईजिङ स्टार क्लब, कपिलबस्तुको बिचमा खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।