ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

विश्व स्वास्थ्य दिवसको औपचारिकता

२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार

‘स्वस्थ्यकर सुरुवात आशादायी भविष्य’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस सोमबार मनाइएको छ । यो दिवसको नाराले धेरै कुरा सम्बोधन गरेको छ । यद्यपि नेपालमा यो दिवस औपचारिकतामै सीमित बन्दै गएको छ । राम्रो स्वास्थ्य भयो भने त्यसले भविष्य पनि सुन्दर र राम्रो हुन्छ भन्ने सन्देश यो दिवसको छ । तसर्थ स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ भन्ने यो दिवसको मूलमन्त्र हो । नेपालमा यो दिवस मनाएपनि अझैपनि धेरै नेपाली स्वास्थ्यको पहुँचबाट टाढा छन् । सुदूरपश्चिममा सिटामोल समेत नपाउने अवस्था छ । सवै नागरिकले जबसम्म समान स्वास्थ्यको पहुँच प्राप्त गर्दैनन तबसम्म यो दिवस केवल नारामै सीमित हुनेछ । दिवस मनाउनुको औपचारिकतामात्रै पूरा हुनेछ । सबै नागरिकले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता अवको पहिलो सर्त हुनुपर्दछ । विशेषगरी कमजोर आर्थिक अवस्था भएकाहरू स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन पैरवी गर्ने महत्वपूर्ण अवसरका रूपमा यो दिवस मनाउनु जरुरी छ ।

अहिलेपनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अझैपनि चार दशमलव पाँच अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको बताउँछ । यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउन विश्वभरका सरकारलाई विभिन्न कदम चाल्न दिवसमार्फत आह्वान गर्नुपर्दछ । अनिमात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ । नेपालको संविधानले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच हुने ग्यारेन्टी गरेको छ तर व्यवहारमा छैन । नागरिकहरू प्रभावकारी स्वास्थ्य उपचार नपाएरै मनुपर्ने अवस्था छ । ठूलो रोग लाग्ने वित्तिकै मानिसले सवै सम्पत्ति बिक्री गरेरपनि नभ्याउने अवस्था छ । अतः सरकारले हरेक नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नुपर्दछ । स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुन निर्माण र कार्यान्वयन गर्ने, आवश्यक स्वास्थ्य सेवाको व्यवस्थाका लागि पर्याप्त बजेट छुट्याउनेलगायत विशेष गरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिका लागि सेवा शुल्क घटाउने वा हटाउने विषयमा सरकारको ध्यान जाओस् । यसका लागि सरकारले आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालको भवन निर्माण, सेवा विस्तार, औषधि एवं उपकरणको उपलब्धता तथा सेवा विस्तार, सुरक्षित प्रसूति प्रोत्साहन योजना, सामाजिक स्वास्थ्य बिमा, विद्यालय स्वास्थ्य नर्स कार्यक्रममा जोड दिनुपर्दछ ।

कुनैपनि अवस्थामा नागरिकको स्वास्थ्यमा पहुँच पुगोस भन्ने यो दिवसको सन्देश हुनुपर्दछ । स्वास्थ्य दिवस मनाउँदै गर्दा चिन्ताको कुरा के छ भने स्वास्थ्य विमातर्फ नागरिकको पहुँच घट्दै गएको छ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य अहिलेसम्म देशभरका ३ सय ५६ पालिकामा मात्रै प्रथम सेवा विन्दु पुगेको जनाएको छ । प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने बीमितहरूको संख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६४ प्रतिशत बिमा नगर्ने रहेकोमा चालू आर्थिक वर्षको अहिलेसम्मको संख्या ५४ प्रतिशत रहेको छ । सेवाग्राहीहरूले एकचोटि बीमा गरिसकेपछि किन बीमा नवीकरण गर्दैनन् भन्नेबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको छ । दोहोरोपनाको कारण बीमितको यथार्थ विवरण प्राप्त गर्नसमेत कठिन भएको अवस्था छ । स्वास्थ्य बीमा गरेका बीमितहरूले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गए पनि लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको देखिएको छ । यसबाट के स्पष्ट हुन्छ भने अझैपनि दुर्गम क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् । उनीहरूलाई स्वास्थ्य विमा र जटिल रोग लागेको अवस्थामा निशुल्क उपचारको व्यवस्था मिलाउनेतर्फ ध्यान दिनु जरुरी छ । होइन भने यस्ता दिवस आउनु र जानुको नागरिकलाई खासै सरोकार रहँदैन् । दिवस केवल औपचारिकताकै लागि मनाउने काम नगरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?