ट्रेंडिंग:

>> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग 

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार

काठमाडौं, २६ चैत ।

काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले १३ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित ३८६ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३७ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईएका २० ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए। सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०’०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले अनुरोध  समेत गरेका छन । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?