Butwal Today

सुन ७ सय रूपैयाँले घट्दा चाँदीको भाउ भने बढ्यो

२५ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २५ चैत ।

आज सुनको भाउ घटेको छ ।

नेपाली बजारमा सुनको भाउ सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको छ।

साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ। आइतवार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।