Butwal Today

मनाश्लु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु, २४ घन्टा देखी हुन सकेन उद्दार

२५ चैत्र २०८१, सोमबार
अ+
अ-

गोरखा, २५ चैत ।

मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भए पनि अझै उद्दार हुन सकेको छैन ।

डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न गएका लायती नागरिक थोम्पसन इयानको हिजो मृत्यु भएको हो ।

चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएका इयानको आज उद्दार गरिने जनाइएको छ । हिजो घटनास्थलमा हेलिकप्टरबाट प्रहरी पठाउने तयारी गरे पनि मौसम प्रतिकूलताका कारण उडान हुन नसके पछि उनको २४ घन्टा देखी उद्दार हुन नसकेको हो ।

प्रहरी चौकी, सामागाउँबाट घटनास्थल पुग्न झन्डै ६ घण्टाको पैदल यात्रा लाग्छ । मौसम अनुकूल भएमा आजै  प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने रखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।