ट्रेंडिंग:

>> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

बाँकेमा सिंचाईः आयोजना धेरै, सिंचाई कम

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

बाँके, २५ चैत ।
बाँकेमा सिंचाइको आयोजना धेरै भएपनि सिंचाइ भने न्यून रहेकोे पाइएको छ । लुम्बिनी प्रदेश सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज, बाँकेका अनुसार बाँकेमा सिंचाई न्यून रहेको हो । बाँके जिल्लाभरीमा ९३ हजार ९ सय १३ हेक्टर क्षेत्रफलमा सिंचाइ पुग्नु पर्नेमा अहिले सम्म ११ हजार २ सय १४ हेक्टर क्षेत्रफलमा सिंचाई पुगेको छ ।

बाँके जिल्लामा मात्र ४० बढी सिंचाई आयोजनाहरू छन् । त्यसमध्ये कतिपय कुनै सम्पन्न भएको र कुनै बन्ने चरणमा रहेका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बाँकेका सूचना अधिकारी लाल बहादुर ओलीले बताए । उनले भने सरकारले बाँके र बर्दियालाई अन्नको भण्डार माने पनि बजेटको हिसाबले सबभन्दा अन्तिम रहेको छ । जुन हिसाबले सरकार बाँके र बर्दियालाई सिंचाईको लागि बजेट बिनियोजित गर्छ त्यो तरिकाले पुस्ताँै बित्दा पनि ९३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई आयोजना पुरा नहुन सक्ने सूचना अधिकारी ओलीको भनाइ छ । धेरै बर्षको मिहेनत पछि मात्र बाँकेमा ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिंचाई पुगेको छ ।

उनले भने, खेतीयोग्य जमिन ९३ हजार हेक्टर सिंचाई पु¥याउन सके बाँकेमा कृषि उत्पादन बढ्ने र बाँकेमा अन्नको कमी समेत हुने अनुमान गर्न सकिन्छ तर बिडम्वना धेरै बर्षको प्रयासपछि ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिंचाईको सुबिधा पु¥याउन सकेका छौं । संघिय सरकारको मातहतमा कार्यालय भएको बेला केही बढी रकम विनियोजित भएको पाइएको थियो तर प्रदेश सरकारको मातहतमा गएदेखि यस कार्यालयका बजेट न्यून भएको सूचना अधिकारी ओलीले बताए ।

लालपुर लिफ्ट सिंचाई आयोजना सम्पन्न भैसकेको छ । तर सिंचाई कार्यालयले समितिलाई हस्तान्तरण गर्ने तयारीमा रहेको लालपुर लिफ्ट सिंचाई आयोजनाका अध्यक्ष चुडामणी ओलीले बताए । लुम्बिनी प्रदेश सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज बाँकेले १ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिचाई गर्ने योजना रहेपनि समितिले २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिंचाई गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष ओलीले बताए । सिंचाई बाह्रै महिना रहे किसानहरूले बाह्रै महिना खेती गरेर आर्थिक अवस्था सुधार्न सकिन्छ, उनले भने ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरी लिफ्ट सिंचाई आयोजनाले त्यस क्षेत्रमा २ सय ९६ हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने गरेको छ तर सिंचाई गर्नुपर्ने जमिन धेरै भएकोले त्यतिले अपुग रहेको आयोजनाका अध्यक्ष बल बहादुर धामीले बताए ।

उनले भने, अहिले नहरमा भएको पानीले किसानहरूलाई पुग्ने गर्छ तर सिजन अनुसार यो पानी पुग हुने गरेको हुन्छ, नहरमा पानी आएपछि यो क्षेत्रमा नहुने चैते धान पनि लगाउन शुरु गरेको अध्यक्ष धामीले बताए । २०६६ साल देखि सञ्चालनमा आएको आयोजनाको अझै सम्म स्तर उन्नती भएको छैन, सरकारले बाँकेमा सिचाईको बजेट नै थोरै पठाउने भएकोले यसको स्तर उन्नती हुन नसकेको हो । लुम्विनी प्रदेशको १२ जिल्ला मध्य बाँके र बर्दियामा सबै भन्दा कम सिचाईको बजेट भएको देखिन्छ । जुन ठाँउमा सिचाईको अवश्य छ त्यही ठाँउमा बढी लगानी गर्नु पर्ने देखिन्छ । सरकारले बाँके बर्दियम खेत ियोग्य जमिनमा सिचाई सुविधा पुर्यान सके विदेशीने र वेरोजगारीको अन्त्य हुने देखिन्छ जस कारणले सरकारले सिचाईको हकमा बढी भन्दा बढी बाँके र बर्दियालाई ध्यान दिन जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?