Butwal Today

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

२५ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २५ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गरेका छन । रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।  रिसालको ९७ वर्षको उमेरमा आइतबार राती निधन भएको थियो ।

ओलीले गत फागुन २१ गते रिसालसँग भएका भेट नै अन्तिम भेट हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?